गिरी बन्धु टि–स्टेटबारे बोल्दा सरकार छोड्नु पर्‍यो : प्रचण्ड

झापा, ३० भदौ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गिरी बन्धु टि स्टेट जस्ता बेथितिको विरुद्ध बोल्दा आफूले सरकारबाट बहिर्गमन हुनु परेको बताउनु भएको छ । आइतबार हुने पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न बिर्तामोड पुग्नु भएका उहाँले स्थानीय बासीलाई सम्बोधन गर्दै बेथितिको विरुद्ध सदन,सडक जहाँ बाट भए पनि आवाज उठाएर [...] The post गिरी बन्धु टि–स्टेटबारे बोल्दा सरकार छोड्नु पर्‍यो : प्रचण्ड appeared first on Jhapa Online.

Sep 15, 2024 - 07:13
 0
गिरी बन्धु टि–स्टेटबारे बोल्दा सरकार छोड्नु पर्‍यो : प्रचण्ड

झापा, ३० भदौ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गिरी बन्धु टि स्टेट जस्ता बेथितिको विरुद्ध बोल्दा आफूले सरकारबाट बहिर्गमन हुनु परेको बताउनु भएको छ ।

आइतबार हुने पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्न बिर्तामोड पुग्नु भएका उहाँले स्थानीय बासीलाई सम्बोधन गर्दै बेथितिको विरुद्ध सदन,सडक जहाँ बाट भए पनि आवाज उठाएर न्यायका लागि निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । स्थानीयले बिर्तामोड बसपार्कको अनियमितता र चियाको बेथितिको बारे पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डसामु ध्यानाकर्षण पत्र समेत बुझाएका थिए ।

पार्टी प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्न उहाँ शनिबार नै बिर्तामोड पुग्नु भएको थियो ।

The post गिरी बन्धु टि–स्टेटबारे बोल्दा सरकार छोड्नु पर्‍यो : प्रचण्ड appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register