हजुरबुबाको घरमा भोज खान गएका ३ बालकको पोखरीमा डुबेर मृत्यु

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । उनीहरु आफन्त हजुरबुबा महावीर साहको घरमा भोज खान गएका थिए […]

Sep 4, 2024 - 17:33
 0
हजुरबुबाको घरमा भोज खान गएका ३ बालकको पोखरीमा डुबेर मृत्यु

काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ मा रहेको पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए ।

उनीहरु आफन्त हजुरबुबा महावीर साहको घरमा भोज खान गएका थिए । उनीहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको बताइएको छ ।

शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । प्रहरीका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register