गर्भिणी गाई चोरी गरेर मासु खाएको आरोपमा झापामा चारजना पक्राउ

काठमाडौं। झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । २ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका वडा नं ४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । […]

Sep 8, 2024 - 08:31
 0
गर्भिणी गाई चोरी गरेर मासु खाएको आरोपमा झापामा चारजना पक्राउ

काठमाडौं। झापाको दमकमा गर्भिणी गाईको मासु खाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

२ महिनाको गर्भिणी गाई चोरी गरेर काटेर खाएको उनीहरुलाई आरोप लागेको छ । दमकस्थित बेलडाँगी शिविरमा बस्दै आएका भुटानी शरणार्थी प्रेमबहादुर बिष्ट, खगेन्द्र दुलाल, विधान थापा र दमक नगरपालिका वडा नं ४ का गीता श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भदौ १८ गते राति लक्ष्मण बिष्टको दमक नगरपालिका वडा नं १ स्थित पानी ट्याङकी गोठमा बाँधिएको गाई चोरेर काटेर खाएको आरोप छ ।

उक्त गाई गोठदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको खाली प्लटिङ जग्गामा लगेर काटिएको पाइएको प्रहरीले जनाएको छ । गाईधनीले प्रहरीमा उजुरी दिए पछि अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पाइएको पनि प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register