सिम्रिकको ३ अर्ब बढीको वासलात : इकाइगत साधारणसभा शुरु

झापा, २६ भदौ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा शुरु भएको छ । आइतबारदेखि इकाइगत सभा शुरु भएको संस्थाको सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा भएको संस्थाका आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए । इलामस्थित सिटी हलमा आइतबार [...] The post सिम्रिकको ३ अर्ब बढीको वासलात : इकाइगत साधारणसभा शुरु appeared first on Jhapa Online.

Sep 11, 2024 - 01:36
 0
सिम्रिकको ३ अर्ब बढीको वासलात : इकाइगत साधारणसभा शुरु

झापा, २६ भदौ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा शुरु भएको छ ।

आइतबारदेखि इकाइगत सभा शुरु भएको संस्थाको सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा भएको संस्थाका आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए । इलामस्थित सिटी हलमा आइतबार प्रथम इकाइगत साधारणसभा इलाम नगरपालिका–६ का वडाध्यक्ष दुर्गा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।

उक्त इकाइगत साधारणसभामा इलाम र पाँचथर अन्तर्गतका ११ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैयाँ बराबरको वासलात तथा आव २०८१/०८२ का लागि ११ अर्ब ७७ करोड ८६ लाख ४८ हजार १३६ रुपैयाँ बराबरको अनुमानित बजेटसहित सञ्चालक समितिद्वारा तयार पारिएको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको नीति तथा भावि कार्यक्रमबारे कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । सोमबार पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको दोस्रो इकाइगत साधारणसभामा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता रहेको थियो ।

इकाइगत साधारणसभामा मोरङ्ग जिल्ला अन्तर्गतका ९ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । त्यहां पनि अध्यक्ष भट्टराईले प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यकारी प्रमुख बस्नेतले संस्थाले गरेको प्रगती, नीति तथा भावी योजनाका बारेमा प्रस्ट पारेका थिए । सिम्रिक साकोसले झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा ५० वटा सेवा केन्द्रबाट सेवा सदंदै आएको छ । संस्थामा ६४ हजार ८ सय ३४ जना शेयर सदस्य रहेका छन् ।

The post सिम्रिकको ३ अर्ब बढीको वासलात : इकाइगत साधारणसभा शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register