उदयपुरमा आमा छोरा मृत भेटिए

उदयपुर ।  उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् । कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस थापा मृत भेटिएका हुन् । आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा लास भेटिएको  कार्यपालिका सदस्य गिरीले जानकारी दिए ।  बालकको घाटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको […]

Sep 5, 2024 - 07:07
 0
 उदयपुरमा आमा छोरा मृत भेटिए

उदयपुर ।

 उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् । कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस थापा मृत भेटिएका हुन् । आफ्नै घर भित्र रगतले लतपतिएको अवस्थामा लास भेटिएको  कार्यपालिका सदस्य गिरीले जानकारी दिए ।

 बालकको घाटीमा धारिलो हतियारले काटेको जस्तो देखिएको छ भने महिलाको लास घोप्टिएको अवस्थामा रहेको र प्रहरीलाई गाउँलेले खबर गरिसकेकोले प्रहरी घटनास्थल तर्फ जाँदै गरेको पनि  गिरीले जानकारी दिए । आमा छोराको हत्या भएको हुनसक्ने बताइएको छ ।

यस बारेमा इलाका प्रहरी कार्यालय कटारीले अनुसन्धान सुरु गरेकोले घटनाका बारेमा विस्तृत विवरण पछि आउने जनाइएको छ ।

निर्मलाका श्रीमान् कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको र गाउँमा निर्मला र ६ वर्षका छोरा आयुष थापा पसल गरेर जीवन यापन गर्दै आएका थिए ।

घटना स्थल पहाडी क्षेत्रमा रहेका कारण पानी परिरहेकोले प्रहरी घटनास्थलमा जाँदै गरेको हुँदा घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register