प्रधानमन्त्री भन्छन्- २०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने बताएका छन् । ६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् । “कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्,” प्रधानमन्त्री ओलीले भने, “यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने […]

Sep 14, 2024 - 04:16
 0
प्रधानमन्त्री भन्छन्- २०८१ भित्रै सडक बालबालिका मुक्त देश बनाउँछौँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने बताएका छन् ।

६०औं बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

“कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्,” प्रधानमन्त्री ओलीले भने, “यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने अठोट गरेका छौँ ।”

उनले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको पनि बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register