‘ओ ! सासूजी’ सिरिज आजदेखि प्रसारणमा

काठमाडौं । सासु र बुहारीको सम्बन्धमा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ । हिन्दू महिलाहरूको महान पर्व तीजको अवसर पारेर भाद्र २१ गते शुक्रबारदेखि यो सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजे र ओएसआर डिजिटलको युट्युव च्यानलमा राति ८ः१५ बजे प्रसारण हुनेछ । बिनभ क्रियसनको प्रस्तुति रहेको सिरिजको निर्देशन सञ्चारकर्मी समिर […]

Sep 6, 2024 - 14:11
 0
‘ओ ! सासूजी’ सिरिज आजदेखि प्रसारणमा

काठमाडौं । सासु र बुहारीको सम्बन्धमा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा प्रसारण हुँदैछ ।

हिन्दू महिलाहरूको महान पर्व तीजको अवसर पारेर भाद्र २१ गते शुक्रबारदेखि यो सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजे र ओएसआर डिजिटलको युट्युव च्यानलमा राति ८ः१५ बजे प्रसारण हुनेछ ।

बिनभ क्रियसनको प्रस्तुति रहेको सिरिजको निर्देशन सञ्चारकर्मी समिर जोशीले गरेका छन् भने लेखन सुरेन्द्र रानाले गरेका छन् । सासू र बुहारीको मायाप्रेम र आत्मीयताको कथा हास्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको छ ।

सिरिजमा हालको आर्थिक मन्दी र विज्ञापन व्यवसायको चुनौतीका कारण व्यवसाय कसरी बचाउने भन्ने विषयलाई पनि समेटिएको छ । छायांकन जीवन श्रेष्ठ, सम्पादन सुनिल श्रेष्ठ र संगीत वीरेन शाक्यको रहेको छ ।

कलाकारहरूमा बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल, चिरिबाबु महर्जन, सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, र संगम शर्मा लगायतका कलाकारहरू छन् । संगम शर्मा र युजिन श्रेष्ठले यस सिरिजमार्फत पर्दार्पण गरेका छन् ।

समीर जोशीको प्रिमियम सिरिज ‘ओ १ सासूजी’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register