नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध

काठमाडौं । नेसन्स लिगको पहिलो खेलमै फ्रान्स पराजित भएको छ । पेरिसस्थित पार्क डी प्रिन्सेस रंगशालामा भएको खेलमा फ्रान्स इटालीसँग ३-१ गोलअन्तरले पराजित भएको हो । खेलमा सुरुवाती अग्रता भने फ्रान्सले लिएको थियो । खेलको पहिलो मिनेटमै ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३०औँ मिनेटमा इटालीका लागि फेडेरिको डिमार्कोले गोल गर्दै खेल […]

Sep 7, 2024 - 05:59
 0
नेसन्स लिग : इटालीसँग फ्रान्स स्तब्ध

काठमाडौं । नेसन्स लिगको पहिलो खेलमै फ्रान्स पराजित भएको छ । पेरिसस्थित पार्क डी प्रिन्सेस रंगशालामा भएको खेलमा फ्रान्स इटालीसँग ३-१ गोलअन्तरले पराजित भएको हो ।

खेलमा सुरुवाती अग्रता भने फ्रान्सले लिएको थियो । खेलको पहिलो मिनेटमै ब्राडली बारकोलाले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ३०औँ मिनेटमा इटालीका लागि फेडेरिको डिमार्कोले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा इटालीले थप दुई गोल गरेको थियो । खेलको ५०औँ मिनेटमा डेभिड फ्राटेसीले गोल गर्दै इटालीलाई २-१ गोलअन्तरको अग्रता दिलाए ।

त्यसपछि खेलको ७४औँ मिनेटमा जियाकोमो रासपाडोरीले गोल गरेपछि इटाली फ्रान्समाथि ३-१ गोलअन्तरको जित निकाल्न सफल भयो ।

जितसँगै इटालीले ३ अङ्क जोडेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register