बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीमा बसको ठक्करबाट हजुरआमा र नातीको शुक्रबार राती मृत्यु भएको छ ।ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला स्याङ्जा निवासी ५५ वर्षीय हजुरआमा श्रीमाया मानन्धर र नाति गैडाकोट ११ निवासी पुष्प श्रेष्ठका ७ वर्षीय छोरा विशाल श्रेष्ठ रहेकाछन् । पूर्व नारायणगढबाट कावासोती तर्फ जाँदै गरेको ना ७ […]

Sep 7, 2024 - 04:21
 0
बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

नवलपरासी ।

पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीमा बसको ठक्करबाट हजुरआमा र नातीको शुक्रबार राती मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला स्याङ्जा निवासी ५५ वर्षीय हजुरआमा श्रीमाया मानन्धर र नाति गैडाकोट ११ निवासी पुष्प श्रेष्ठका ७ वर्षीय छोरा विशाल श्रेष्ठ रहेकाछन् ।

पूर्व नारायणगढबाट कावासोती तर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको लोकल बसले पैदलयात्रामा रहेका हजुरआमा नातिलाई साँझ ८स्३० बजे ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट नाति बिशालको घटना स्थलमै र हजुरआमा मानन्धरको चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राती १०:२४ बजे ज्यान गएको बताईएको छ ।
प्रहरीले घटना घटाउने बस र चालक कावासोती २ बस्ने ४० बर्षीय मधु पौडेललाई नियन्त्रणमा लिईएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register