पुरस्कृत हुँदैछन् यी ४० कर्मचारी (सूचीसहित)

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो । उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ । शनिबार (आज) सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा […]

Sep 7, 2024 - 04:07
 0
पुरस्कृत हुँदैछन् यी ४० कर्मचारी (सूचीसहित)

काठमाडौं । निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई पुरस्कृत गर्दैछ ।

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मान गर्न लागिएको हो ।

उत्कृष्ट निजामती सेवा पुरस्कार एक लाख रुपैयाँ राशिको र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको छ ।

शनिबार (आज) सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिँदै छ ।

२ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउने कर्मचारी भने सरकारले यस वर्ष पनि छनोट गर्न सकेन । पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन ।

पछिल्लो पटकट २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाएका थिए । त्यसयता सर्वोत्कृष्ट कर्मचारी नभेटिएको भन्दै सरकारले कसैलाई पनि यो पुरस्कार दिएको छैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register