अमेरिकामा जनावरको सम्पर्कबिनै बर्ड फ्लूबाट संक्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्ड फ्लूबाट संक्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लू संक्रमण देखिएको छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरी सकिएको […]

Sep 7, 2024 - 09:19
 0
अमेरिकामा जनावरको सम्पर्कबिनै बर्ड फ्लूबाट संक्रमितको पहिलो घटना पुष्टि

काठमाडौं । अमेरिकाको मिसौरी राज्यका बर्ड फ्लूबाट संक्रमित जनावरको सम्पर्कमा नआइकन एक व्यक्तिमा बर्ड फ्लू संक्रमण देखिएको छ ।

रोग नियन्त्रण तथा रोकथाम केन्द्रअन्तर्गतको मिसौरी ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सिनियर सर्भिसेज’का अनुसार ती वयस्क बिरामीलाई अगस्ट २२ मा अस्पताल भर्ना गरिएको थियो । बिरामीलाई इन्फ्लुएन्जाविरुद्ध एन्टिभाइरल औषधि दिएपछि निको भएको र अस्पतालबाट डिस्चार्ज गरी सकिएको जनाइएको छ ।

प्रारम्भिक परीक्षणमा बिरामीको फ्लुको प्रकार शंकास्पद देखिएकाले यसलाई राज्य र संघीय प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको थियो । परीक्षणबाट ती बिरामीलाई यो एच–५ (बर्ड फ्लू) भएको पुष्टि भएको छ ।

यो वर्ष अमेरिकामा बर्ड फ्लूको संक्रमण पुष्टि हुने उनी १४औं व्यक्ति थिए भने जनावरहरूसँगको सम्पर्कबिना बर्ड फ्लू पुष्टि हुने उनी पहिलो व्यक्ति थिए ।

“मिसौरीमा दूधका लागि पालिएका गाईहरूमा एच ५ संक्रमण रिपोर्ट गरिएको छैन,” मिसौरी स्वास्थ्य विभागले भनेको छ, “यद्यपि ‘व्यावसायिक वा घरको आँगनमा पालिने केही पंक्षीहरूको समूह वा जंगली चरा’हरूमा बर्ड फ्लू संक्रमण भएको भने पुष्टि भएको छ ।

सन् २०२२ मा बर्ड फ्लूका सबै घटनाहरू फार्मवर्कर्समा थिए, जसमा पहिलोपटक पनि समावेश थियो ।

बर्ड फ्लू सबैभन्दा बढी जंगली चराचुरुंगी र कुखुरामा पाइन्छ, तर पछिल्लो समय स्तनधारी जनावरमा पनि देखिएको छ । यस वर्ष देशभर बर्ड फ्लूको प्रकोप गाईवस्तुमा पनि देखिएको छ । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register