भेनेजुयलाका विपक्षी नेता गोन्जालेजले देश छाडे, स्पेनले दियो शरण

काठमाडौं। भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियाले देश छाडेका छन् । उनी स्पेनमा शरण लिन गएको दुवै सरकारले पुष्टि गरेका छन् । राष्ट्रपतिमा निकोलस मादुरो विजयी भएको जुलाई २८ को पुनः निर्वाचनमा धाँधली भएको भनी गोन्जालेजले विरोध गर्दै आएका थिए । उनी एक महिनादेखि भेनेजुएलामा लुकेर बसेको भनिएको थियो । सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन […]

Sep 8, 2024 - 08:39
 0
भेनेजुयलाका विपक्षी नेता गोन्जालेजले देश छाडे, स्पेनले दियो शरण

काठमाडौं। भेनेजुएलाका विपक्षी नेता एडमण्डो गोन्जालेज उरुटियाले देश छाडेका छन् । उनी स्पेनमा शरण लिन गएको दुवै सरकारले पुष्टि गरेका छन् ।

राष्ट्रपतिमा निकोलस मादुरो विजयी भएको जुलाई २८ को पुनः निर्वाचनमा धाँधली भएको भनी गोन्जालेजले विरोध गर्दै आएका थिए ।

उनी एक महिनादेखि भेनेजुएलामा लुकेर बसेको भनिएको थियो । सुनुवाईका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि गोन्जालेज सार्वजनिक भएका थिएनन् ।

गोन्जालेजको आग्रहमा सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले पुष्टि गरे । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताए ।

गोन्जालेजका वकिल जोस भिसेन्ते हारोले पनि गोन्जालेज स्पेन गएको एएफपीसँग पुष्टि गरेका छन् । गत जुलाई २८ मा भएको निर्वाचनमा मादुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि विपक्षीले विरोध गरेका थिए ।

आयोगको घोषणा विपरीत गोन्जालेजले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register