महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो । महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको छ । गोवर्धन प्यारालम्पिक खेलमा पदक […]

Sep 8, 2024 - 08:51
 0
महासंघद्वारा प्यारालम्पिकमा काश्यपदक बिजेता पलेशा गोवर्धन सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार प्यारालम्पिकमा तेक्वान्दोमा काश्य पदक बिजेता २१ वर्षीय पलेशा गोवर्धनलाई सम्मान गरेको छ । महासंघले गोवर्धनलाई तीन लाख रुपैयाँसहित सम्मान गरेको हो ।

महासंघले प्रशिक्षक कविराज नेगी लामालाई रु एक लाख पच्चीस हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पचहत्तर हजार रुपैयाँ सहित सम्मान गरेको छ । गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् ।

सम्मान कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक र म्यानेजरलाई बधाई दिँदै यसरी सम्मान गर्न पाउँदा खुशी लागेको बताए । साथै उनले महासंघका सदस्य एवं सम्पुर्ण निजी क्षेत्रलाई प्रतिभावान खेलाडि गोवर्धन लगायत अन्य खेलाडि र खेल क्षेत्रलाई यथा सम्भव सहयोग बढाउन पनि आग्रह गरे । ‘नेपाली युवाहरु प्रतिभावान छन,’ उनले भने, ‘विश्वका अन्य मुलुक जस्तै नेपालमा सरकार संगै निजी क्षेत्रले पनि खेल क्षेत्रको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्छ ।’

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिक खेलमा तेक्वान्दोमा कांस्य पदक जित्दै नेपाली खेलकुदको इतिहासमा नयाँ अध्यायको शुरुवात गरेकी छिन् । यो पदक नेपालका लागि ओलम्पिकमा पहिलो पटक हासिल भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register