दाउरा झिक्ने क्रममा महाकालीले दुई जनालाई बगायो, एक किशोर मृत भेटिए

बेदकोट । कञ्चनपुरमा महाकाली नदीले दुई किशोरलाई बगाएको छ । भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोरलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए । उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइलाई दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीले […]

Sep 14, 2024 - 09:24
 0
दाउरा झिक्ने क्रममा महाकालीले दुई जनालाई बगायो, एक किशोर मृत भेटिए

बेदकोट । कञ्चनपुरमा महाकाली नदीले दुई किशोरलाई बगाएको छ ।

भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोरलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाइ र सोही ठाउँका १५ वर्षीय अबि दमाइलाई दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीले बगाएको हो ।

तीमध्ये सौरभ मृत फेला परेका छन् । दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

अर्का किशोर अबिको अवस्था अज्ञात छ । स्थानीय र सुरक्षाकर्मीले उनको खोजी गरिरहेका छन् । लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register