दुई बालकको खोलामा डुबेर मृत्यु

झापा, २३ भदौ । पर्साको मसिहानीस्थित सिर्सिया खोलामा डुबेर आज अपराह्न दुई बालकको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित सिर्सिया खोलामा ऋषिपञ्चमीको अवसरमा नुहाउन गएका स्थानीय रञ्जिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा गएका रञ्जिताका ८ वर्षीय छोरा अभिषेक पटेल र गान्धीको १० वर्षीय छोरा गुल्सन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले [...] The post दुई बालकको खोलामा डुबेर मृत्यु appeared first on Jhapa Online.

Sep 8, 2024 - 16:56
 0
दुई बालकको खोलामा डुबेर मृत्यु

झापा, २३ भदौ । पर्साको मसिहानीस्थित सिर्सिया खोलामा डुबेर आज अपराह्न दुई बालकको मृत्यु भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीस्थित सिर्सिया खोलामा ऋषिपञ्चमीको अवसरमा नुहाउन गएका स्थानीय रञ्जिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा गएका रञ्जिताका ८ वर्षीय छोरा अभिषेक पटेल र गान्धीको १० वर्षीय छोरा गुल्सन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयले खोलामा डुबेर मृत्यु भएका दुवै बालकहरूको शव ३ः४० बजे खोलाबाट निकालेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । भारतको बिहार बन्कटवा घर भएकी रञ्जिता देवी पटेलले छोरा अभिषेक पटेल लिएर तिज मनाउन माइत आएकी थिइन । भारत विहार सिक्टा घर भएकी गान्धी देवी ठाकुर पनि छोरा गुल्सन ठाकुर लिएर तिजका लागि माइत आएको प्रहरीले जनाएको छ ।

The post दुई बालकको खोलामा डुबेर मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register