भेनेजुएला छाडेपछि एडमन्डो गोन्जालेजले के भने ?

काठमाडौं । भेनेजुएलामा गत जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडिरहने बताएका छन् । गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका छन् । भेनेजुएला छोड्नु अघि उनी कयौँ हप्तासम्म कारकासस्थित स्पेनी दूतावासमा लुकेर बसेका थिए । जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक […]

Sep 9, 2024 - 07:23
 0
भेनेजुएला छाडेपछि एडमन्डो गोन्जालेजले के भने ?

काठमाडौं । भेनेजुएलामा गत जुलाईमा भएको राष्ट्रपति पदको निर्वाचनका उम्मेदवार रहेका विपक्षी नेता एडमन्डो गोन्जालेजले आफू लोकतन्त्रका लागि लडिरहने बताएका छन् ।

गोन्जालेजले आइतबार भेनेजुएला छाडेर स्पेनमा राजनीतिक शरण लिएका छन् ।

भेनेजुएला छोड्नु अघि उनी कयौँ हप्तासम्म कारकासस्थित स्पेनी दूतावासमा लुकेर बसेका थिए ।

जुलाई २८ मा भएको राष्ट्रपति चुनावको नतिजा आएपछि भेनेजुएलामा राजनीतिक उथलपुथल भएको छ । यस चुनावमा निकोलस मदुरोले आफू विजयी भएको घोषणा गरेका थिए ।

भेनेजुएलामा रहेका गोन्जालेजको प्रेस टोलीद्वारा अडियो सन्देश पनि प्रसारण गरेका थिए ।

आफूहरूले स्वतन्त्रताको लागि लडाइँ जारी राख्ने र छिट्टै भेनेजुएलामा प्रजातन्त्रको पुनर्स्थापना गर्ने सन्देशमा उनीले भनेका थिए ।

स्पेन जानुअघि गोन्जालेजको नाममा पक्राउ पुर्जी जारी गरिएको थियो । उनीमाथि सरकारविरुद्ध षड्यन्त्र गरेकोलगायत अन्य गम्भीर आरोप लगाइएको थियो ।

‘दबाब र धम्कीका कारण मैले भेनेजुएला छोड्नुपर्‍यो,’ स्पेन पुग्ने बित्तिकै आफ्ना समर्थकहरूलाई धन्यवाद दिँदै उनले भने ।

आफ्नो ज्यान धरापमा परेकाले गोन्जालेजले देश छाड्नुपरेको भेनेजुएलाका विपक्षी नेता मारिया कोरिनाले सामाजिक सञ्जालमा लेखेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register