यसकारण बढ्दैछ मान्छेमा यौनसम्बन्धी चिन्ता

यौन सम्बन्ध मानव जीवनको एउटा पाटो हो । यही पक्षमा मान्छे धेरै अल्झियो भने जीवनका अरु महत्त्वपूर्ण पक्ष छुट्न सक्दछन् । यौनप्रतिको अतिआशक्तिले मान्छेको बौद्धिक र सृजनशील पक्ष कमजोर हुन सक्दछ ।

Sep 9, 2024 - 07:23
 0
यसकारण बढ्दैछ मान्छेमा यौनसम्बन्धी चिन्ता

यौन जीवन मानवको एक महत्त्वपूर्ण पक्ष हो तर, यसबारे खुलेर छलफल गरिँदैन । कतिपय समाजमा यसलाई अश्लीलतासँग जोडिन्छ । सामाजिक मर्यादाका लागि गोप्य राखिन्छ । यौनबारे कुरा गर्नु लज्जाको विषय मानिन्छ । तर, यौन र अन्तरङ्ग सम्बन्धबारे मान्छेका मनमा भने अनेक प्रश्न र चिन्ता हुन्छन् ।

हिजोआज यौनरोग चिकित्सक, यौन विशेषज्ञ तथा परामर्श दाता छन् । तर, त्यहाँसम्म पनि कमै मान्छे पुग्दछन् । औसत यौन जिज्ञासा मान्छेले आफ्नै अनुभवबाट शान्त गर्न चाहन्छन् ।

द न्यूओर्क टाइम्समा प्रकाशित क्याथरिन पियर्सनको एक रिपोर्टअनुसार यौन चिकित्सक तथा विज्ञसम्म पुग्ने मान्छेका यौन जिज्ञासा वा चिन्ता भने उस्तैउस्तै हुन्छन् । ती बारम्बार दोहोरिन्छन् ।

यौनबारे सबैभन्दा धेरै मान्छेमा हुने चिन्ता शारीरिक सम्पर्कको पटक र स्वास्थ्यको सम्बन्ध हो । अधिकांश दम्पती यो ठान्दछन् कि नियमित सम्बन्ध बनाउने जोडीको यौन स्वास्थ्य राम्रो हुन्छ । ती घनिष्ठ भावनात्मक सम्बन्ध र प्रेममय वातावरणमा बाँचिरहेका हुन्छन् ।

लोरी ब्रुटो ब्रिटिश कोलम्बिया विश्व विद्यालयमा मानोविज्ञानविज्ञ, प्राध्यापक तथा ‘वेटर सेक्स थ्रू माइन्डफूनेश’ किताबकी लेखका हुन् । उनी यौनबारे यस्तो मान्यता अस्वीकार गर्दछिन् । उनको विचारमा दम्पतीहरूको शारीरिक सम्बन्धको आवृत्ति यौन स्वास्थ्य र घनिष्ठ अन्तरङ्ग सम्बन्धको अर्थपूर्ण मानक हैन ।

उनको विचारमा धेरै पटकको सम्बन्धले मात्रै यौन साझेदारको खुसी अभिव्यक्ति गर्न सक्दैन । यौन सम्बन्धको सबैभन्दा असल गुण के हो भने दुवै पक्ष स्वतन्त्र मानसिकतामा एकअर्काप्रति आकर्षित र यौन सम्बन्धपछि उत्तिकै खुसी र सन्तुष्ट हुनुपर्दछ ।

लोरी ब्रुटोले पियर्सनसँग भनेकी छन्, “मैले त्यस्ता थुप्रै दम्पती भेटेकी छु, जो दैनिक यौन सम्पर्क गर्दछन् तर, एकअर्काप्रति सन्तुष्ट र खुसी भने छैनन् ।” एक प्रकारको दबाब, अल्पज्ञान, क्षणिकता र भ्रममा उनीहरू यस्तो गर्दछन् ।

अर्कोतिर उनले त्यस्ता दम्पती पनि थुप्रै भेटेकी छन्, जो आफ्नो काम वा पेशामा फरकफरक ठाउँमा बस्दछन् । मुस्किलले ३ महिनामा एकपटक उनीहरूको भेट हुन्छ । वर्षमा ३/४ पटकभन्दा बढी यौन सम्बन्ध बनाउने अवसर उनीहरूले पाउँदैनन् । तर, दैनिक यौन सम्पर्क गर्ने जोडीभन्दा यिनीहरू बढी खुसी र सुखी लाग्दछन् । उनीहरूको प्रेम सम्बन्ध र एकअर्काप्रतिको आकर्षण बलियो हुन्छ ।

मानिसको दोस्रो ठूलो यौन चिन्ता दम्पतीमा हुने ‘बेमेल कामाशक्ति’ हो । ‘चरम सुख’ प्राप्तिको मानवीय आकाङ्क्षा र सङ्घर्ष सधैँ बलवान् छ । तर, दम्पतीहरू एकै समयमा यौन सम्बन्धका लागि उत्तेजित वा आतुर हुन्छन् भन्ने छैन । मिसिगनका चिकित्सक जेसिका रोसको विचारमा यौन सम्बन्धमा आनन्द अनिवार्य हो, ‘चरम सुख’ अतिरिक्त ।

मानिसको दोस्रो ठूलो यौन चिन्ता दम्पतीमा हुने ‘बेमेल कामाशक्ति’ हो । ‘चरम सुख’ प्राप्तिको मानवीय आकाङ्क्षा र सङ्घर्ष सधैँ बलवान् छ । तर, दम्पतीहरू एकै समयमा यौन सम्बन्धका लागि उत्तेजित वा आतुर हुन्छन् भन्ने छैन । मिसिगनका चिकित्सक जेसिका रोसको विचारमा यौन सम्बन्धमा आनन्द अनिवार्य हो, ‘चरम सुख’ अतिरिक्त ।

दम्पतीहरूको ‘मुड’ मा हुने भिन्नता वा फरक परिवेशमा ‘आतुर’ हुने स्वाभावले ठूलो समस्या ल्याइरहेको हुन्छ । यो ठान्न उचित हुँदैन कि सबैको यौन भावना उस्तै वा एउटै प्रकृतिको हुन्छ । मान्छेका जीवनका प्रेरणा फरकफरक हुन्छन् ।

यौनको प्रवृत्तिलाई स्वाभाविकतामा प्रवाहित हुन दिनुपर्दछ । यौन साझेदारको सही मुड र आतुरताको क्षण प्रतिक्षा गर्ने क्षमता जरुरी हुन्छ । यौन प्रवृत्तिलाई तुलना गर्नु हुँदैन । जसमा जुन प्रकारका प्रवृत्ति छन्, उसका लागि तिनै स्वाभाविक हुन्छन् ।

पियर्सनसँग यौन चिकित्सक इस्थर पेरेल भन्छिन्, “यौन सम्बन्ध कसैको इच्छाअनुरूप जहाँ भन्यो त्यही हुन सक्ने क्रिया हैन । यसका लागि उपयुक्त स्थान र परिवेश चाहिन्छ । अनुपयुक्त स्थान र परिवेशमा भएको यौन क्रियाले सन्तुष्टि र आत्मसम्मानको भावना दिँदैन ।”

पेरेलको विचारमा यौन सम्बन्ध ‘भौतिक सम्बन्ध’ मात्र हो भन्ने सोच ठूलो गल्ती हो । यो शारीरिक सम्बन्ध मात्र नभएर यसको भावनात्मक तथा आध्यात्मिक पक्ष हुन्छ । चरम सुख त्यतिखेर प्रभावकारी हुन्छ, जब जोडी बीचको भावनात्मक सम्बन्ध बलियो हुन्छ ।

उनी अगाडि थप्छिन्, “वास्तवमा असल मानिसले भावनात्मक सम्बन्ध बिनाको यौन सम्बन्ध नराख्नु राम्रो हुन्छ ।”

मानिसको अर्को ठूलो चिन्ता यौन आसनहरूको प्रयोग हो । यौन सम्बन्धका बेला कुन आसन उचित हो वा हैन भन्ने प्रश्नमा धेरै मानिस भ्रमित वा चिन्तित हुन्छन् । इमोरी विश्वविद्यालयकी एशोसिएट प्रोफेसर क्यान्डिस निकोली हार्जनले ‘गुड सेक्स’ किताब लेखेकी छन् ।

उनी भन्छिन् कि यौन सम्बन्धको ‘मेनु’ वैयक्तिक हुनु राम्रो हुन्छ । यस प्रश्नमा मान्छे यौनबारे सुनेका वा पढेका कुराबाट प्रभावित हुन खोज्दछन्, त्यो उचित हैन । ‘यौन मेनु’ व्यक्तिको मनोवृत्ति र सहजताअनुरूप हुनुपर्दछ ।

अक्सर यौन साहित्य र सिनेमा व्यावसायिक उद्देश्यबाट प्रेरित हुन्छन् । तिनले सही र विज्ञानसम्मत यौन शिक्षा दिइरहेका हुन्छन् भन्ने छैन । ‘पोर्नोग्राफी’ यौन भावनाको अतिरञ्जनामा आधारित व्यवसाय हो । त्यसले ठीक कम र गलत धेरै सिकाइरहेको हुन्छ । फलतः यौन हिंसा र अपराधका घटनालाई प्रेरित गरिरहेको हुन्छ ।

यौन साहित्य र सिनेमाहरूको दुष्प्रभावले यौन जीवनबारे मान्छेमा थुप्रै प्रकारका चिन्ता सृजना गरिदिएको हुन्छ । तिनमा चित्रित दृश्य र विचारसँग आफ्नो यौन जीवनको अनुभव नमिल्दा वा फरक हुँदासमेत मान्छे चिन्तित भइरहेका हुन्छन् । यो आवश्यक छैन ।

अक्सर यौन साहित्य र सिनेमा व्यावसायिक उद्देश्यबाट प्रेरित हुन्छन् । तिनले सही र विज्ञानसम्मत यौन शिक्षा दिइरहेका हुन्छन् भन्ने छैन । ‘पोर्नोग्राफी’ यौन भावनाको अतिरञ्जनामा आधारित व्यवसाय हो । त्यसले ठीक कम र गलत धेरै सिकाइरहेको हुन्छ । फलतः यौन हिंसा र अपराधका घटनालाई प्रेरित गरिरहेको हुन्छ ।

यौन तथा अन्तरङ्ग सम्बन्ध स्वाभाविक चित्तवृत्तिबाट परिचालित हुनुपर्दछ, यौन साहित्य, नीला सिनेमा र पोर्नोग्राफीमा चित्रण गरिएजस्तो हैन ।

न्यूओर्कका यौन चिकित्सक इयान कोर्नर यौनाङ्गहरूको पर्याप्त उत्तेजना बिना सम्पर्कका लागि हतारो गर्नु उचित मान्दैनन् । यो समस्याबाट बच्न यौन सम्बन्ध पूर्वको समय उपयोगी हुन्छ । दम्पतीहरूले सम्बन्ध पूर्वका क्रियामा जोड दिनुपर्दछ । यसो नगर्दा यौन आनन्दको नोक्सानी मात्र हुँदैन, उल्टो पीडा बन्न सक्दछ ।

गैरवैवाहिक यौन सम्बन्ध आधुनिक मानव सभ्यताको मात्र समस्या हैन, यो सधैँ थियो । तर, अनुपात भने आधुनिकतासँगै बढ्दै गयो । यौन सम्बन्ध सरलबाट एक जटिल सामाजिक सम्बन्धको विषय बन्न पुग्यो । यौन व्यवसायसँगको सम्बन्धको प्रश्न पनि छँदैछ ।

यस्ता चिन्ताहरू ‘यौनिक’ मात्र नभएर ‘सामाजिक’ हुन् । यहाँनेर एक गम्भीर छनोटको विषय खडा हुन आउँछ । यौन चाहनाका लागि सामाजिक सम्बन्धको बलिदान दिने कि सामाजिक सम्बन्धका लागि बाहिरी सम्बन्धको चाहना नियन्त्रण गर्ने ?

यसको उत्तर के हुन सक्ला भने गैरवैवाहिक यौन सम्बन्धको दुष्प्रभाव कत्रो र कस्तो हुन्छ ? यसको मूल्य परिणामले निर्धारण गर्दछ । सबै यस्ता सम्बन्ध अनैतिक र आपत्तिजनक हुन भन्न गाह्रो छ । गैरवैवाहिक यौन सम्बन्ध प्रेममय पनि हुन सक्दछन् ।

तर, त्यसले अरु मानिसको जीवन वा परिवार सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ भने ती नैतिक र जायज हैनन् । त्यस्ता जोडीबीचको गैरवैवाहिक यौन सम्बन्ध स्वाभाविक र दोषमुक्त मानिन सक्दछ, जो अरुप्रतिको दायित्व, कर्तव्य र नैतिक भावनामा जोडिएका छैनन् वा थिए भने पनि मुक्त भइसकेका छन् । डिभोर्सी वा एकल व्यक्तिहरूबीचको यस्तो सम्बन्ध सामान्य मानिन सक्दछ ।

सारा नाजेरजादेह ‘लभ बाई डिजाइन’ पुस्तककी लेखिका हुन् । उनी भन्छिन् कि यौनबारेको अति चिन्ता वा चिन्तन आफैँमा अस्वाभाविक हो । मानिसले यौनबारे धेरै सोचिरहन वा त्यही विषयमा अधिकांश समय अल्झिरहन जरुरी छैन ।

यौन सम्बन्ध मानव जीवनको एउटा पाटो हो । यही पक्षमा मान्छे धेरै अल्झियो भने जीवनका अरु महत्त्वपूर्ण पक्ष छुट्न सक्दछन् । यौनप्रतिको अतिआशक्तिले मान्छेको बौद्धिक र सृजनशील पक्ष कमजोर हुन सक्दछ । यौनाशक्त व्यक्तिहरू एक प्रकारको मूढताको स्थितिमा पुग्न सक्दछन् । तसर्थ, यौनबारे धेरै चिन्ता नगर्नु नै यो समस्यबाट मुक्त हुने सबैभन्दा राम्रो उपाय हो ।

(द न्यूओर्क टाइम्समा प्रकाशित क्याथरिन पियर्सनको एक रिपोर्टमा आधारित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register