अक्षय कुमारले जन्मदिनमा सार्वजनिक गरे नयाँ फिल्म ‘भूत बङ्गला’को फर्स्ट लूक

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारको आज ५६औं जन्मदिन । उनले आफ्नो जन्मदिनको अवसर पारी आगामी फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक सार्वजनिक गरेका छन् । निर्देशकसँग मिलेर अक्षयले हरर्–कमेडी फिल्म ‘भूत बङ्गला’ ल्याउँदैछन् । उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् । अक्षयले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक […]

Sep 9, 2024 - 08:51
 0
अक्षय कुमारले जन्मदिनमा सार्वजनिक गरे नयाँ फिल्म ‘भूत बङ्गला’को फर्स्ट लूक

काठमाडौं । बलिउड अभिनेता अक्षयकुमारको आज ५६औं जन्मदिन । उनले आफ्नो जन्मदिनको अवसर पारी आगामी फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक सार्वजनिक गरेका छन् ।

निर्देशकसँग मिलेर अक्षयले हरर्–कमेडी फिल्म ‘भूत बङ्गला’ ल्याउँदैछन् । उनको यस फिल्मको पहिलो मोशन पोस्टरलाई दर्शकले मन पराएका छन् ।

अक्षयले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फिल्म ‘भूत बङ्गला’ को पहिलो झलक साझा गर्दै लेखेका छन्, ‘वर्षौँदेखि मेरो जन्मदिनमा तपाईंहरूको माया र समर्थनको लागि धन्यवाद ! यस वर्षको उत्सव ‘भूत बङ्गला’ को पहिलो झलकको साथमा । म १४ वर्षपछि प्रियदर्शनसँग फेरि जोडिन पाउँदा अत्यन्त उत्साहित छु । यो सहकार्यको सपना धेरै समयदेखि पेंडिङ थियो । म यो यात्रा तपाईंहरूसँग साझा गर्न बेस्सरी प्रतीक्षारत छु ।’

‘भूत बङ्गला’ एक हरर् कमेडी हो, जसको २०२५ मा रिलिज हुने अपेक्षा गरिएको छ । यसको सुटिङ चाँडै सुरु हुनेछ ।

अक्षयले प्रियदर्शनसँग धेरै उत्कृष्ट फिल्महरू दिएका छन् । प्रियदर्शन र अक्षयले सँगै धेरै उत्कृष्ट फिल्महरू बनाएका छन् । उनले ‘हेरा फेरी’, ‘गरम मसाला’, ‘भागम भाग’, ‘भूल भुलैया’ र ‘दे दना दन’ जस्ता क्लासिक कमेडी फिल्महरू दिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register