राजदूत सिफारिसबारे समितिले पुनर्विचार गरे सरकारले सच्याउँछ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएकी हुन् । हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसुस आफूले गरेको उनले बताइन् । सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने उनको भनाइ छ । राजदूतमा सिफारिस व्यक्तिहरूका विषयमा सुनुवाइ […]

Sep 9, 2024 - 09:07
 0
राजदूत सिफारिसबारे समितिले पुनर्विचार गरे सरकारले सच्याउँछ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राजदूत नियुक्तिलाई समावेशी बनाउने प्रतिबद्धता जनाएकी छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

हुनुपर्ने जति समावेशी र समानुपातिक नभएको महसुस आफूले गरेको उनले बताइन् । सरकारले गरेका काममा समितिले सुझाव दिएपछि नै सच्चिने अवसर पाउने उनको भनाइ छ ।

राजदूतमा सिफारिस व्यक्तिहरूका विषयमा सुनुवाइ समितिले पुनर्विचार गरेमा सरकारले आफ्नो निर्णयको मानहानी भएको रूपमा नलिने राणाले बताइन् ।

उनले भनिन्, ‘समितिले दिएको फिडब्याक, सुझाव र रिभ्यूलाई मध्यनजर गरेर अब आउने दिनहरूमा के गर्न सक्छौं, गर्छौं । पहिला पनि आएर मन्त्रीले प्रतिबद्धता गरेर जानुभयो भन्नुभयो तर, एकदम बलियो गरेर कसिदिनुभएको भए अहिले मैले यो भन्न आउनुपर्ने थिएन ।’

नेपालको कूटनीति समयसापेक्ष बनाउन पहल गरिरहेको उनले सुनाइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register