ज्ञानेन्द्रको ठोकुवा- प्रधानमन्त्री जति झुट बोल्ने मान्छे यो देशमा अरु छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले जति झुट अरुले नबोल्ने बताएका छन् । सोमबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो बताएका हुन् । “देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी […]

Sep 9, 2024 - 09:11
 0
ज्ञानेन्द्रको ठोकुवा- प्रधानमन्त्री जति झुट बोल्ने मान्छे यो देशमा अरु छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले जति झुट अरुले नबोल्ने बताएका छन् । सोमबार जारी प्रतिनिधिसभा बैठकको शून्य समयमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

“देशको प्रधानमन्त्री जति झुट बोल्ने मान्छे नेपालमा कोही पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह भन्दै ५६ जना विद्यार्थी पूर्वको झापादेखि, पश्चिमको कञ्चनपुरदेखि गए । डा. सन्दुक रुइत जानुभयो । हामीहरू गयौँ । स्वास्थ्य सचिव जानुभयो । लास्ट आवरमा गएर के भन्नुभयो, म आउँदिनँ, दीक्षान्त समारोह पछाडि सार । हुकुमी शासन हो ?,” उनले भने ।

उनले उक्त समारोह तयारीको खर्च प्रधानमन्त्रीको व्यक्तिगत खर्चबाट असुलउपर गर्नुपर्ने बताए । “प्रधानमन्त्री बिरामी हुनुभयो, स्वीकार्छौँ । मौसम खराबी भो, स्वीकार्छौँ । भ्यूटावर भएको भए दौडिएर जानुहुन्थ्यो होला । विश्वविद्यालय भएर उहाँ जानुभएन,” उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register