माईखोलामा डुबेर भद्रपुरका फिरोजको मृत्यु, बिर्तामोडका उज्वल बेपत्ता

बनियानी, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, बिर्तामोड नगरपालिका–२ का १८ [...] The post माईखोलामा डुबेर भद्रपुरका फिरोजको मृत्यु, बिर्तामोडका उज्वल बेपत्ता appeared first on Jhapa Online.

Sep 9, 2024 - 17:16
 0
माईखोलामा डुबेर भद्रपुरका फिरोजको मृत्यु, बिर्तामोडका उज्वल बेपत्ता

बनियानी, २४ भदौ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कन्काई माईखोलामा पौडी खेल्ने क्रममा डुबेर आज एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका–५ का १७ वर्षीय फिरोज खान रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । त्यस्तै, बिर्तामोड नगरपालिका–२ का १८ वर्षीय उज्वल राई बेपत्ता भएका छन् ।

खान र राईसहित चार जना दोमुखा घुम्न आएकोमा माईखोलामा नुहाउने क्रममा खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खानको शव घटनास्थलबाट एक सय मिटर दक्षिणमा ढुङ्गामा अड्किएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

राई हालसम्म फेला नपरेकाले कोशी प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म चन्द्रगढी, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरको टोली खोजी कार्य जारी राखेको छ । मृत खानको शव पोष्टमार्टमका लागि प्रदेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

The post माईखोलामा डुबेर भद्रपुरका फिरोजको मृत्यु, बिर्तामोडका उज्वल बेपत्ता appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register