ब्राउनसुगर : झापामा चारसहित ६ जना पक्राउ

झापा, २१ भदौ । झापा, इलाम र भोजपुरबाट लागुऔषध ब्राउनसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका–४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका–९ का २४ बर्षीय [...] The post ब्राउनसुगर : झापामा चारसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

Sep 6, 2024 - 08:40
 0
ब्राउनसुगर : झापामा चारसहित ६ जना पक्राउ

झापा, २१ भदौ । झापा, इलाम र भोजपुरबाट लागुऔषध ब्राउनसुगरसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका–४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका–९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका–१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी, भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का ३१ वर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलिग्राम ब्राउनसुगरसहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका–१ का ३५ वर्षीय तीर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।

The post ब्राउनसुगर : झापामा चारसहित ६ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register