संसद्‌मा रास्वपा- परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्नु लोकतन्त्रमाथिको आक्रमण हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्‌मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको आरोप लगाएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्‌मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन । दलहरूले नै लोकतन्त्रमाथि प्रहार गर्न पाइँदैन ।” अगाडि उनले […]

Sep 10, 2024 - 08:51
 0
संसद्‌मा रास्वपा- परिषद्‌मा बहुमत पुग्दैन भन्दैमा उपसभामुखलाई कारबाही गर्नु लोकतन्त्रमाथिको आक्रमण हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सत्तारूढ दलहरूले संवैधानिक परिषद्‌मा बहुमत नपुग्ने भएपछि उपसभामुख इन्दिरा रानाविरुद्ध महाभियोग लगाउने तयारी गरेको आरोप लगाएको छ ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा प्रमुख सचेतक सन्तोष परियाले भने, “परिषद्‌मा बहुमत नपुग्ने नाममा लोकतन्त्रका लागि लडेकाहरूलाई कारबही गर्न पाइँदैन । दलहरूले नै लोकतन्त्रमाथि प्रहार गर्न पाइँदैन ।”

अगाडि उनले भने, “यो राज्य लोकतन्त्रमाथि आक्रमण गर्दैछ । उपसभामुखमाथि महाभियोग लगाउने कुरा दलहरू बसेर सल्लाह गर्ने कुरा लोकतन्त्रका लागि कहिल्यै मान्य हुँदैन । रास्वपाले एउटा मुद्दा गुमाउला, देशले एउटा सम्मानित पद गुमाउला तर, लोकतन्त्रका लागि सधैँ लडिन्छ । रास्वपा सधैँ लडिरहन्छ ।”

यसअघि सोमबार साँझ बसेको सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपसभामुख रानाविरुद्ध महाभियोग लगाउन प्रस्ताव गरेका थिए । त्यसमा दलहरूले पनि सहमति जनाएको बताइएको छ ।

यसअघि उपसभामुख रानाले पदीय मर्यादाविपरीत अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएको थियो । दलहरूले त्यसको विरोध गर्दै कारबाहीको माग गरेका थिए । तर, यसबीचमा यो विषय सेलाएको थियो । तर, फेरि प्रधानमन्त्री ओलीकै चाहनामा अगाडि बढाउन लागिएको हो ।

उपसभामुख रानाले भने आफूविरुद्ध नियोजित कदम चालेको बताएकी थिइन् । उनीविरुद्ध संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो ।

  • सम्बन्धित समाचार

उपसभामुख इन्दिराविरुद्ध महाभियोगको तयारी, सांसदलाई काठमाडौं नछाड्न एमालेको सर्कुलर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register