गोरु काटेको आरोपमा महिला पक्राउ, चार जना फरार

झापा, २६ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा घरभित्रै गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ । मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा प्रहरी पुगेर पक्राउ गरेको हो । प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको भेटिएपछि गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका प्रवक्ता [...] The post गोरु काटेको आरोपमा महिला पक्राउ, चार जना फरार appeared first on Jhapa Online.

Sep 11, 2024 - 02:44
 0
गोरु काटेको आरोपमा महिला पक्राउ, चार जना फरार

झापा, २६ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा घरभित्रै गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ ।

मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा प्रहरी पुगेर पक्राउ गरेको हो । प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको भेटिएपछि गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

गोरु काटेको घटनामा संलग्न चार जना फरार बनेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ । उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको यकिन भएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा २८९ ले गाई–गोरु मारेमा सजाय हुने व्यवस्था गरेको छ । संहिताको दफा २८९ को उपदफा १ मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पु¥याउने नियतले कुनै काम गर्नु वा गराउनुहुँदैन भन्ने उल्लेख छ । त्यस्तो कार्य गर्नेलाई तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

The post गोरु काटेको आरोपमा महिला पक्राउ, चार जना फरार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register