रास्वपाले भन्यो – दुई तिहाईको दुरुपयोग गरी उपसभामुखलाई हटाउने कदम घातक हुनसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ । बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्ता गठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग […]

Sep 11, 2024 - 08:55
 0
रास्वपाले भन्यो – दुई तिहाईको दुरुपयोग गरी उपसभामुखलाई हटाउने कदम घातक हुनसक्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ ।

बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्ता गठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताए ।

यस विषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उनले बताए । लामिछानले सहकारी प्रकरणमा आफूमाथि लगाएको आरोपविरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पीडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

पोखरामा आफूलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफू तयार रहेको उनले बताए ।

त्यस्तै, रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने काम गलत भएको बताए । उनले संवैधानिक परिषद्लाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register