सांसदले ‘उपसभामुख इन्दिरा गान्धी’ भनेपछि…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा रानालाई ‘गान्धी’ भनेका छन् । उनले भूलवश रानालाई गान्धी भनेका हुन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलेका सांसद बराइलीले आफ्नो कुरा राख्दै भने, “एउटा मेरो कुरा के छ भने सम्माननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिलि तरक्की आएको थियो…।” यति भनेर […]

Sep 11, 2024 - 09:03
 0
सांसदले ‘उपसभामुख इन्दिरा गान्धी’ भनेपछि…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइलीले उपसभामुख इन्दिरा रानालाई ‘गान्धी’ भनेका छन् ।

उनले भूलवश रानालाई गान्धी भनेका हुन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोलेका सांसद बराइलीले आफ्नो कुरा राख्दै भने, “एउटा मेरो कुरा के छ भने सम्माननीय उपसभामुख इन्दिरा गान्धीको कुराले हिजो सदनमा अलिलि तरक्की आएको थियो…।”

यति भनेर उनले थप आफ्नो कुरा राख्दै अगाडि बढे । यसपछि उनका छेउछाउका सांसदहरूले ‘गान्धी होइन, राना पो हो त’ भनेर सम्झाउँछन् । यसपछि उनले ‘सरी…’ भन्दै पुन: आफ्ना कुरा राख्छन् ।

उनले उपसभामुख रानामाथि महाभियोग लगाइनु नहुने जिकिर गरे ।

सत्तारूढ गठबन्धनसम्बद्ध दलहरूले उनीमाथि महाभियोग लगाउने तयारी गरेका छन् भने विपक्षी दलहरू लगाउन नहुनेमा छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register