सिँगारिँदै भगवान् (तस्वीरहरू)

ललितपुर । कुपण्डोल गुसिङ्गालको सानो गल्लीको भित्र बाँस र टिनले बनाएको एउटा सानो घर छ । अहिले त्यो घर भित्र भगवान् नै भगवान् छन् । जहाँ पुग्नासाथै अलि बेग्लै अनुभूति हुन्छ । नजिकिँदै गरेको विश्वकर्मा पूजा र नवदुर्गा पूजाको लागि त्यहाँ विश्वकर्मा  र नवदुर्गाका प्रतिमूर्तिहरू तयार हुँदै छन् । ‘भगवान् बनाउने’ केही जोडी हातहरू भगवान्‌को […]

Sep 11, 2024 - 09:39
 0
सिँगारिँदै भगवान् (तस्वीरहरू)

ललितपुर । कुपण्डोल गुसिङ्गालको सानो गल्लीको भित्र बाँस र टिनले बनाएको एउटा सानो घर छ । अहिले त्यो घर भित्र भगवान् नै भगवान् छन् । जहाँ पुग्नासाथै अलि बेग्लै अनुभूति हुन्छ ।

नजिकिँदै गरेको विश्वकर्मा पूजा र नवदुर्गा पूजाको लागि त्यहाँ विश्वकर्मा  र नवदुर्गाका प्रतिमूर्तिहरू तयार हुँदै छन् । ‘भगवान् बनाउने’ केही जोडी हातहरू भगवान्‌को प्रतिमूर्तिलाई अन्तिम रूप दिन व्यस्त छन् ।

हरेक वर्षको आश्विन सङ्क्रान्तिका दिन विश्वकर्मा पूजा मनाइन्छ । विश्वकर्मा पूजाको दिन हिन्दु धर्मावलम्बीहरूले आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गर्दछन् ।

विश्वकर्मा पूजाको दिन कलकारखानामा यहाँ बनेका प्रतिमूर्ति थपना गरेर पूजा गरिन्छ । त्यसैले अहिले यहाँ विश्वकर्माको प्रतिमूर्ति बनाउन कालिगडहरूलाई चटारो छ । यहाँ आकार र प्रकारअनुसार ४ हजार देखि १० हजार सम्मका प्रतिमूर्तिहरू छन् ।

हिन्दु धर्मशास्त्रमा उल्लेख भएअनुसार समुद्र मन्थनबाट निस्किएको मानिएका भगवान् विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका लागी हातहतियार बनाएका थिए ।

तस्वीरहरु

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register