गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

काठमाडौं । भदौ २४ गते भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा ट्रक चालक कारागार चलान भएका छन् । भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको एकल इजलासले ट्रक चालक मलङ सतेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका श्रेष्ठले चलाएको ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको […]

Sep 11, 2024 - 09:43
 0
गठ्ठाघर दुर्घटना: ट्रक चालक कारागार चलान

काठमाडौं । भदौ २४ गते भक्तपुरको गठ्ठाघरमा स्कुटर चालकको ज्यान गएको दुर्घटनामा ट्रक चालक कारागार चलान भएका छन् ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश विद्यानाथ भट्टराईको एकल इजलासले ट्रक चालक मलङ सतेन्द्र श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

सर्लाहीको मलंगवा नगरपालिका-२ घर भएका श्रेष्ठले चलाएको ठक्कर दिंदा बा४९प ८९४४ नम्बरको स्कुटरका चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षिय उत्तम कोइरालाको घटनास्थमै मृत्यु भएको थियो ।

श्रेष्ठविरुद्ध यातायात व्यवस्था तथा सवारी ऐन २०४८ को दफा १६१ को उपदफा (२)को कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई २ वर्षदेखि १० वर्षसम्म कैद सजाय माग गरिएको छ ।

गठ्ठाघर दुर्घटना: अरूको घरमा रङ लगाएर छोरीहरूको भविष्य रङ्ग्याएका उत्तमकै घर रङविहीन

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register