लन्डन चिजलहर्स्टमा नयाँ व्यवस्थापनसहित शुभारम्भ भयो ‘गोर्खा स्क्वायर’

लन्डन-लन्डनको चिजलहर्स्टमा नेपाली तथा इण्डियन कुइजिन पस्किने ’गोर्खा स्क्वायर रेष्टुरेन्ट’ नयाँ व्यवस्थापनमा शुभारम्भ गरिएको छ । चिजलहर्स्टको बेलमन्ट लेनस्थित रेष्टुरेन्ट आइतबार विशेष समारोहबीच स्थानीय ब्रम्ली काउन्सिलका मेयर काउन्सिलर डेभिड जेफरिजले उद्घाटन गरे। ६ वर्षअघि नै सञ्चालनमा आएको रेष्टुरेन्टमा विगत केहि महिनादेखि भने व्यवस्थापन परिवर्तन भएको छ । इन्डियन तथा नेपाली रेष्टुरेन्टमा लामो अनुभव बटुलेका सेफद्धय […]

Sep 10, 2024 - 14:33
 0
लन्डन चिजलहर्स्टमा नयाँ व्यवस्थापनसहित शुभारम्भ भयो ‘गोर्खा स्क्वायर’


लन्डन-लन्डनको चिजलहर्स्टमा नेपाली तथा इण्डियन कुइजिन पस्किने ’गोर्खा स्क्वायर रेष्टुरेन्ट’ नयाँ व्यवस्थापनमा शुभारम्भ गरिएको छ ।

चिजलहर्स्टको बेलमन्ट लेनस्थित रेष्टुरेन्ट आइतबार विशेष समारोहबीच स्थानीय ब्रम्ली काउन्सिलका मेयर काउन्सिलर डेभिड जेफरिजले उद्घाटन गरे।

६ वर्षअघि नै सञ्चालनमा आएको रेष्टुरेन्टमा विगत केहि महिनादेखि भने व्यवस्थापन परिवर्तन भएको छ ।

इन्डियन तथा नेपाली रेष्टुरेन्टमा लामो अनुभव बटुलेका सेफद्धय रामकृष्ण अर्याल र उत्तम गौतम गोर्खा स्क्वायरका नयाँ सञ्चालक हुन् ।

भारतमै थुप्रै रेष्टुरेन्ट, होटेलदेखि मध्यपूर्व हुंदै बेलायतका प्रतिष्ठित इण्डियन रेष्टुरेन्टहरुसम्ममा काम गरेको अनुभव उनीहरुसंग छ ।

गोर्खा स्क्वायरमा जम्मा ५० ग्राहक अट्ने क्षमता छ । रेष्टुरेन्ट हरेक दिन साँझ ५ बजेदेखि बेलुका ११ बजेसम्म ग्राहकको सेवामा खुला रहन्छ ।

गोर्खा स्क्वायरले रेष्टुरेन्ट डाइनिङका साथै टेकवे, डेलिभरी सेवा पनि उपलब्ध गराएको छ । उबर इट, जस्ट, डेलिभरुसहितका अनलाइन प्लेटफर्मदेखि रेष्टुरेन्टको आफ्नै वेबसाइटबाट पनि अर्डर गर्न सकिने प्रबन्ध छ ।

गोर्खा स्क्वायरको अर्को महत्वपूर्ण सेवा आउटडोर क्याटरिङ हो । कुनै पनि पार्टी, उत्सवदेखि सभा, समारोहका लागि अर्डरअनुसारकै क्याटरिङ सेवा उपलब्ध गराइएको छ ।

रेष्टुरेन्टका सञ्चालक तथा हेड सेफ रामकृष्ण अर्यालले गोर्खा स्क्वायरको व्यवस्थापनसंगै खाना र सेवामा पनि सुधारसहितको परिवर्तन ल्याइएको बताए ।
रेष्टुरेन्टको मेन्यूमा इण्डियन कुइजिनसंगै मौलिक नेपाली परिकारहरु पनि थप गरिएको उनले जानकारी दिए ।

नयाँ व्यवस्थापनसहितको रेष्टुरेन्ट ओपनिङका अवसरमा गोर्खा स्क्वायरले पहिलो साता ग्राहकलाई ५० प्रतिशतको विशेष छुट अफर गरेको थियो। उक्त छुटको लाभ लिंदै २ सय ६० जना स्थानीय ग्राहकले रेष्टुरेन्टमा डिनर गरेका छन्। रेष्टुरेन्टबाट टेकवे सेवामा २० प्रतिशत छुट उपलब्ध गराइएको छ ।

रेष्टुरेन्ट उद्घाटन समारोहमा स्थानीय बरोका मेयरसंगै काउन्सिलरहरु पनि सहभागी भएर शुभकामना दिएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register