आर्थिक अवस्थाको कारण देखाएर नेपाली राष्ट्रिय खेलाडीलाई जापानको अध्यागमनले पठायो फिर्ता

काठमाडौं । तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाललाई त्यहाँको अध्यागमनले नेपाल फिर्ता पठाएको छ । नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो । दाहाल सोमबार राति काठमाडौं फर्किएर आइपुगेका छन् । क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खाने बस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदिएको […]

Sep 17, 2024 - 11:20
 0
आर्थिक अवस्थाको कारण देखाएर नेपाली राष्ट्रिय खेलाडीलाई जापानको अध्यागमनले पठायो फिर्ता

काठमाडौं । तीन महिने तालिमका लागि जापान पुगेका राष्ट्रिय फेन्सिङ खेलाडी भीष्मराज दाहाललाई त्यहाँको अध्यागमनले नेपाल फिर्ता पठाएको छ ।

नागोयास्थित विमानस्थल अध्यागमनले दाहाललाई आर्थिक अवस्थाको कारण देखाएर नेपाल फर्काएको हो ।

दाहाल सोमबार राति काठमाडौं फर्किएर आइपुगेका छन् । क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खाने बस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदिएको उनले सुनाए ।

प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको उनले बताए ।

तीन वर्षदेखि फेन्सिङ खेलमा आबद्ध दाहाल उनी वाग्मती प्रदेशबाट प्रतिनिधित्व गर्छन् ।

जापानमै रहेका भुवन हुमागाईंमार्फत् तालिम अवधिभरको सम्पूर्ण खर्चको सुनिश्चिततासहितको स्पोन्सर लेटर अध्यागमनमा पेस गरेपछि भिसा आएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register