उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको  स्थायी समिति बैठकले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको उक्त बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो । सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका बेला समाजवादीले भने यस्तो निर्णय गरेको हो । […]

Sep 11, 2024 - 15:59
 0
उपसभामुख रानाको पक्षमा उभिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको  स्थायी समिति बैठकले उपसभामुख इन्दिरा रानामगरको पक्षमा उभिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आलोकनगरमा मंगलबार बसेको उक्त बैठकले सत्तारुढ दलहरुले उपसभामुख रानामगरलाई हटाउन लागेकाले त्यसविरुद्ध उभिने निर्णय गरेको हो ।

सत्तारुढ दलहरुले उपसभामुख रानामगरको राजीनामा नआए वैधानिक प्रक्रियाबाट हटाउने चेतावनी दिएका बेला समाजवादीले भने यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले आगामी ५ असोजमा काठमाडौंमा सन्देश सभा गर्ने निर्णय  समेत  गरेको छ । महाधिवेशनपछि पार्टी एकताबद्ध रहेको सन्देश दिन सभा गर्ने निर्णय गरेको हो ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register