स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टलाई पहिलो वर्षमै पाँच अवार्ड

लन्डन- स्कटल्यान्डमा नेपाली व्यवसायीले सञ्चालन गरेको एक रेष्टुरेन्टले स्थापनाका पहिलो वर्षमै प्रतिष्ठित करी अवार्डहरु जित्न सफल भएको छ । स्कटल्यान्डमा रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा सफल एवम् स्थापित नवीन कंडेल सञ्चालक रहेको गालासिलस्थित ‘१९५३ बार एण्ड रेष्टुरेन्ट’ले पहिलो वर्ष आसपासमै जम्मा पाँच विधामा अवार्ड हात पारिसकेको छ । गत सोमबार ग्लास्गोस्थित ‘डबल ट्री हिल्टन होटेल’ मा आयोजित […]

Sep 11, 2024 - 15:53
 0
स्कटल्यान्डमा नेपालीको रेष्टुरेन्टलाई पहिलो वर्षमै पाँच अवार्ड

स्पाइस अवार्ड २०२४

लन्डन- स्कटल्यान्डमा नेपाली व्यवसायीले सञ्चालन गरेको एक रेष्टुरेन्टले स्थापनाका पहिलो वर्षमै प्रतिष्ठित करी अवार्डहरु जित्न सफल भएको छ ।

स्कटल्यान्डमा रेष्टुरेन्ट व्यवसायका क्षेत्रमा सफल एवम् स्थापित नवीन कंडेल सञ्चालक रहेको गालासिलस्थित ‘१९५३ बार एण्ड रेष्टुरेन्ट’ले पहिलो वर्ष आसपासमै जम्मा पाँच विधामा अवार्ड हात पारिसकेको छ ।

गत सोमबार ग्लास्गोस्थित ‘डबल ट्री हिल्टन होटेल’ मा आयोजित ‘स्पाइस अवार्ड समारोह’ मा १९५ बार एण्ड रेष्टुरेन्टले ‘बेस्ट इन्डियन रेष्टुरेन्ट अफ द इयर २०२४’ को अवार्ड प्राप्त गर्यो । सोही अवसरमा ‘बेस्ट टेकवे अफ द इयर’ विधामा पनि रेष्टुरेन्टले स्पाइस अवार्ड पायो।

सञ्चालक नवीन कंडेल

नेपाली तथा इण्डियन खाना पस्किने यो रेष्टुरेन्टले यसअघि स्कटिश करी अवार्ड २०२४ मा ‘किचन अफ द इयर अवार्ड’, स्कटिश एशिएन फुड अवार्ड २०२३ मा ‘न्यू रेष्टुरेन्ट अफ द इयर अवार्ड’ र स्पाइस अवार्ड २०२२ मा ‘बेस्ट रेष्टुरेन्ट अफ द इयर’ अवार्ड जितिसकेको छ ।

सञ्चालक नवीन कंडेलका अनुसार स्पाइस अवार्ड जित्ने क्रममा रेष्टुरेन्टको टीम ग्लास्गोको सिटी कलेजमा पुगेर लाइभ खाना पकाएर जुरीहरुको मन जितेको थियो । अवार्ड आयोजकहरु रेष्टुरेन्ट भिजिटमै समेत आएर चित्त बुझाएपछि मात्रै रेष्टुरेन्टलाई अवार्डको लागि चयन गरेका थिए ।

रेष्टुरेन्ट सञ्चालक कंडेलले १९५३ बार एण्ड रेष्टुरेन्ट स्थापनाका एक वर्षमै स्थानीय क्षेत्रमा प्रतिष्ठित पाँच अवार्डहरु प्राप्त गर्दा उत्साहित भएको बताए ।

‘रेष्टुरेन्ट स्थापनाको पहिलो वर्ष यसै पनि कठिन र चुनौतिपूर्ण हुने गर्छ । यही बीचमा हामीलाई प्राप्त यी अवार्डहरुले हौसला बढाउने र उत्साहित पारेको महशुस भएको छ’, कंडेलले नेपालीलिंकसंग भने ।

उनले रेष्टुरेन्टको सफलताको श्रेय सम्पूर्ण स्टाफ र ग्राहकलाई दिंदै धन्यवाद ज्ञापन गरेका छन् ।

स्पाइस अवार्ड २०२४

दुई दशक भन्दा लामो समयअघि बेलायत आएका रेष्टुरेन्ट सञ्चालक कंडेल शुरुका केही वर्ष लन्डनमा थिए ।

रेष्टुरेन्ट सेफका रुपमा उनले लन्डन कोभेन्टगार्डेनको पुरानो रेष्टुरेन्ट ‘पञ्जाब’ सहितका कयौं स्थानमा अनुभव बटुले । त्यसअघि इन्डिया, रशिया र दुबई लगायतका मुलुक पुग्दा पनि उनी रेष्टुरेन्ट क्षेत्रमा कार्यरत रहेका थिए ।

स्कटिश करी अवार्ड २०२४

व्यवसायका हिसाबले कंडेलको पहिलो रेष्टुरेन्ट स्कटल्यान्ड फाइफस्थित अन्नपूर्ण ‘गोर्खा रेष्टुरेन्ट’ थियो । जसलाई उनले सन् २००९ मा सञ्चालनमा ल्याएका थिए ।

पछि सन् २०१ मा ‘मसलबरा गोर्खा रेष्टुरेन्ट’ शुरु गरेका उनले सन् २०२२ मार्चदेखि एडिनबराको पेनीक्वीकमा ‘कोशी रेष्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन् । जुन रेष्टुरेन्टको उद्घाटन बीबीसी मास्टर सेफ सन्तोष शाह र स्थानीय सांसदले गरेका थिए ।

कंडेलको चौंथो तथा पछिल्लो रेष्टुरेन्ट ‘१९५३ बार एण्ड रेष्टुरेन्ट’  गत वर्ष मे महिनामा एडिनबराबाट एक घण्टा ड्राइभको दूरीमा पर्ने दक्षिणी टाउन गालासिलमा स्थापना भएको हो । सन् १९५३ मे महिनामा पहिलोपटक सगरमाथा आरोहण भएको मितिबाटै रेष्टुरेन्टको नामाकरण गरिएको कंडेलले बताए ।

‘बेलायतमा लगभग सबै नेपाली रेष्टुरेन्टको नाम एभरेष्ट र गोर्खा मात्रै हुने गरेका छन् । केही नौलो र आकर्षक बनाउने प्रयासमा हामीले सगरमाथा पहिलो आरोहणको वर्षलाई रेष्टुरेन्टको नाम बनाएका हौं’, उनले सुनाए ।

एशियन फुड अवार्ड २०२३

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register