शुरु भयो, संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र शुरु भएको छ । यो शत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको हो । ७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा औपचारिक रुपमा सुरु भएको हो । सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र […]

Sep 12, 2024 - 04:19
 0
शुरु भयो, संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभाको ७९ औं सत्र शुरु भएको छ । यो शत्र विहीबारदेखि औपचारिक रुपमा सुरु भएको हो ।

७८ औं सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९ औं सत्रका अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा औपचारिक रुपमा सुरु भएको हो ।

सत्रलाई सम्बोधन गर्दै क्यामरुनका पूर्व प्रधानमन्त्री समेत रहेका यङ्गले जलवायु परिवर्तन र दिगो विकासका गतिमा आएको कमीलगायत विश्वव्यापी चुनौतीसँग लड्नका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

उनले समतापूर्ण आर्थिक उन्नती हासिल गर्नुपर्ने बताए । यसका लागि नवीनता र हरित अर्थव्यवस्थालाई प्रोत्साहन दिँदै आर्थिक विकासको लाभ हरेक देशलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

फिलेमान यङ्गले शान्ति र सुरक्षा आफ्नो मुख्य प्राथमिकता भएको बताए । यसक्रममा उलने देशहरुलाई गाजा क्षेत्र, हैटी, युक्रेन र अफ्रिकाको ग्रेट लेक्स क्षेत्रमा जारी हिंसा अन्त्यको पहल गर्न आह्वान गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register