सीचेक गरेर फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी, चाँडै उडान भर्ने

काठमाडौं । प्राविधिक जाँचका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज जहाज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो । उक्त जहाँज गत २२ जुनमा सीचेकका हवाईजहाज यटाली पठाइएको थियो । निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी […]

Sep 12, 2024 - 05:23
 0
सीचेक गरेर फर्कियो नेपाल एयरलाइन्सको वाइडबडी, चाँडै उडान भर्ने

काठमाडौं । प्राविधिक जाँचका लागि इटाली पठाइएको नेपाल एयरलाइन्सको वाइडबडी जहाज ए ३३० नाइन एन–ए.एल.वाई आज जहाज काठमाडौंमा अवतरण गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जहाज आज बिहान काठमाडौं अवतरण गरेको हो ।

उक्त जहाँज गत २२ जुनमा सीचेकका हवाईजहाज यटाली पठाइएको थियो ।

निगमसँग अब दुई न्यारोबडी र एक वाइडबडी गरी तीनवटा जहाज उडानयोग्य व्यवस्थामा आएका छन् । यो जहाज उडानमा आएसँगै जापान उडानलाई पुनः निरन्तरता दिने निगमका अधिकारीहरुले बताएका छन् । अगस्ट २९ देखि जहाज अभावमा जापान उडान निरन्तर हुन सकेको छैन ।

निगमको अर्को वाइडबडी जहाज के.एल.वाई सीचेकका लागि इटालीमै छ । सो जहाज एक महिना पछि काठमाडौं आउने तालिका रहेको निगमले जनाएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि चार वटा जहाज छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register