खादा, मालाले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा उपकरण बिगार्‍यो ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ । कार्यालयले खादा र मालाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोग हुँदै आएका सुरक्षा जाँचमा समस्या आएको बताएको हो । विमानस्थल कार्यालयले आज एक सूचना जारी यात्रुलाई विमानस्थलको सुरक्षा जाँच गर्ने […]

Sep 12, 2024 - 06:11
 0
खादा, मालाले अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा उपकरण बिगार्‍यो ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले खादा र मालाका कारण सुरक्षा जाँच उपकरण बिग्रिएकाले आगामी दिनमा नल्याउन र प्रयोग नगर्न भनेको छ ।

कार्यालयले खादा र मालाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रयोग हुँदै आएका सुरक्षा जाँचमा समस्या आएको बताएको हो । विमानस्थल कार्यालयले आज एक सूचना जारी यात्रुलाई विमानस्थलको सुरक्षा जाँच गर्ने ठाउँसम्म खादा नलगाउन र ब्यागमा पनि नराख्न आग्रह गरेको हो ।

सुरक्षा जाँचका उपकरणहरु एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुगनेको कार्यालयले जनाएको छ ।

यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेकाले त्यसो नगर्न भनिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register