बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार शीर्ष नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सुरुमा ओली र प्रचण्डबीच कुराकानी भइरहेको थियो । पछि देउवा पनि छलफलमा मिसिएका हुन्। प्रधानमन्त्रीको सचिवालयकाअनुसार अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ । एमाले […]

Sep 12, 2024 - 07:31
 0
बालुवाटारमा ओली, देउवा र प्रचण्डबीच छलफल

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

बिहीबार शीर्ष नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सुरुमा ओली र प्रचण्डबीच कुराकानी भइरहेको थियो । पछि देउवा पनि छलफलमा मिसिएका हुन्।

प्रधानमन्त्रीको सचिवालयकाअनुसार अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल भइरहेको छ ।

एमाले र कांग्रेसले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेका बेला तीन दलका शीर्ष नेताको भेटवार्तालाई अर्थपूर्ण हेरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register