बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ । उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बीबीसी बंगलालाई भने, ‘बेगम जिया बिरामी भएकै कारण मेडिकल बोर्डको सल्लाहमा उहाँलाई हिजो राति नियमित चेकअप र नजिकको निरीक्षणका लागि अस्पताल लगिएको थियो र पछि भर्ना गरियो ।’ राति केही परीक्षणपछि बिहान […]

Sep 12, 2024 - 08:19
 0
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया अस्पताल भर्ना

काठमाडौं । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जियाको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ ।

उनका निजी चिकित्सक प्रोफेसर जाहिद हुसेनले बीबीसी बंगलालाई भने, ‘बेगम जिया बिरामी भएकै कारण मेडिकल बोर्डको सल्लाहमा उहाँलाई हिजो राति नियमित चेकअप र नजिकको निरीक्षणका लागि अस्पताल लगिएको थियो र पछि भर्ना गरियो ।’

राति केही परीक्षणपछि बिहान पनि जियाको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए ।

को हुन् बेगम खालिदा जिया ?

७९ वर्षीया पूर्वप्रधानमन्त्री खालिदा जिया लामो समयदेखि मधुमेह, कलेजोको सिरोसिस, मुटुसम्बन्धी रोग, फोक्सो र मृगौला र जोर्नीशोथ जस्ता धेरै रोगबाट पीडित छिन् ।

हालै बंगलादेशमा चलिरहेको सत्ता विरोधी आन्दोलन र राजनीतिक उथलपुथलका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । यसपछि अन्तरिम सरकारले जियालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो ।

जेलबाट छुटेपछि उनी स्वास्थ्यलाभको लागि अस्पतालमा भर्ना भइन् र धेरै दिनपछि डिस्चार्ज भएकी थिइन् । जियालाई शेख हसिनाको कट्टर प्रतिद्वन्द्वी मानिन्छ । उनी सन् २०१८ देखि भ्रष्टाचारको आरोपमा जेलमा थिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register