काठमाडौंमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी हुँदै

काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी हुने भएको छ । ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’को आयोजनामा नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र राखिनेछ । कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन […]

Sep 12, 2024 - 10:51
 0
काठमाडौंमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी हुँदै

काठमाडौं । दोलखाको रमणीय उपत्यका जिरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भोलिदेखि काठमाडौंमा ‘क्यानभासमा जिरी’ कला प्रदर्शनी हुने भएको छ ।

‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’को आयोजनामा नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको उमोजा क्याफेमा प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीमा ६ जना कलाकारले बनाएका ३२ वटा चित्र राखिनेछ । कलाकारहरू केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव श्रीपालिले एक्रेलिक र जलरङ प्रयोग गरी बनाएका चित्र प्रदर्शनीमा राख्न लागिएको हो ।

प्रदर्शनी भदौ २८ देखि भदौ ३० गतेसम्म चल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register