बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !

मोबाइल नम्बरमा लगातार छोटा छोटा एसएमएस गरेका उनले एउटा म्यासेजमा भनेका छन्- ‘तेरो हाइकोर्ट १० लाखमा किन्दिएँ मैले ।’

Sep 15, 2024 - 13:36
 0
बलात्कार मुद्दामा छुटेपछि आरोपितको धम्की- तेरो अदालत १० लाखमा किन्दिएँ !

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशमा जेल गएपछि उच्च अदालत पाटनको आदेशमा छुटेका एक आरोपितले पीडितलाई आफूले न्यायाधीशलाई १० लाख रुपैयाँमा किनेर निस्किएको भन्दै धम्की दिएका छन् ।

भक्तपुर बस्ने दीपेश बस्नेतले जेलबाट छुटेपछि पीडित नाम परिवर्तित (नयाँ बानेश्वर २६ (५८) (२०८-०८१ ) लाई मोबाइलमा म्यासेजमार्फत धम्की दिएका हुन् ।

आरोपित दीपेशले मेसेज र फोनमार्फत लगातार धम्की दिएको पीडित युवतीले बताएकी छिन् । पीडित युवतीले धम्कीको स्कृनसर्ट फेसबूकमार्फत सार्वजनिक गरेपछि दीपेशले त्यो सीम बन्द गरेका राखेका छन् ।

धरौटीमा छुटेलगतै धम्की

२०८० चैत २५ गते पीडित नयाँ बानेश्वर २६ ले प्रहरी वृत्त बानेश्वरमा दिएको जाहेरीपछि दीपेश तत्कालै पक्राउ परेका थिए ।
२५ दिनसम्म जिल्ला अदालत काठमाडौंका हिरासतमा रहेका उनलाई सरकारी वकिल कार्यालय, काठमाडौंले १९ दिनमा मुद्दा दायर गरेपछि पुर्पक्षका लागि जेल चलान भए ।

प्राप्त प्रमाण र आधारका कारण जिल्ला न्यायाधीशले थुनामै राख्न आदेश दिएपछि दीपेशको वकिल उच्च अदालत पाटन गएका थिए । पुर्पक्षमा राख्न आदेश आएपछि दीपेशलाई भद्र बन्दीगृह सुन्धारामा लगिएको थियो ।

तर, उनले अरू कैदीबन्दीसँग त्यहाँ झगडा गर्ने गर्न थालेपछि अर्को ठाउँमा सरुवा गरिएको थियो । त्यही क्रममा उच्च अदालत पाटनले दीपेशलाई असार १३ गते धरौटीमा रिहा गरेको हो ।

५ लाख रुपैयाँ धरौटीमा छुटाउने फैसला धीरबहादुर चन्दको इजालसले गरेको थियो । लगभग उनी डेढ महिना हिरासत र जेल बसेका थिए ।

रिहा भएको एक सातापछि २१ असार (५ जुलाई)मा दिउँसो ३ बजेर २२ मिनेटलाई दीपेशले आफ्नो मोबाइल ९८१३७४७८** बाट पीडित युवतीलाई मेसेज गरेका धम्की दिएका हुन् ।

आरोपित छुटेपछि मोबाइलमा पठाएको धम्की ।

मोबाइल नम्बरमा लगातार छोटा छोटा एसएमएस गरेका उनले एउटा मेसेजमा भनेका छन्, “तेरो हाइकोर्ट १० लाखमा किन्दिएँ मैले ।”

यस्तै उनले अर्को मेसेजमा पीडितलाई गालीगलौज मार्ने धम्की दिएका छन् । लेखेका छन्, “मेरो बुढी र म भएर मार्छौँ । मैले तेरो कोर्ट (अदालत) पारेर सबै बुझिसकेँ बुझिस् ।”

यस्तै दीपेशले अर्को म्यासेजमा लेखेका छन्, “मलाई बयान कसरी दिनुपर्छ थाहा छ, बुझिस् । तँलाई मारेँ भने पनि म निस्कन सक्छु ।”

अहिले धम्की आएको मोबाइलमा फोन लाग्दैन । उनले धम्की दिएको बेलामा भने फोनमा मुद्दा फिर्ता लिन दबाब दिएको पीडित बताउँछिन् । पीडित भन्छिन्, “मुद्दा फिर्ता लिइ । नत्र जे पनि गर्छु भनेर धम्की आइरहेको छ ।”

उल्टो पीडित नै हिरासत !

आरोपित दीपेशले पीडित युवतीलाई गाडी फुटाएको भन्दै हिरासत राखेका थिए । दीपेशकी पत्नीले पीडित युवतीविरुद्ध असार १३ गते ‘आपराधिक उपद्रव’ मुद्दामा महाराजगञ्ज वृत्तमा जाहेरी दिएकी थिइन् ।

दीपेशकी पत्नीले विशालनगरस्थित आफ्नो घरमा आएर पीडित युवतीले प्र ३, ०१, ०२४ ७७०९ को किया कम्पनीको सेल्टर कारको सिसा फुटाएको भन्दै आरोप लगाएकी थिइन् ।

सो मुद्दामा पीडित युवतीलाई प्रहरीले पक्राउ गरेर १९ दिन हिरासतमा राखेको थियो । आफूलाई हिरासतमा राख्नुको कारण गाडीको सीसा फुटाएको नभई मुद्दा फिर्ता दिन दबाब दिनु रहेको पीडित युवतीको गुनासो छ ।

पीडित युवतीविरुद्ध आरोपितकी पत्नीले दिएको जाहेरी ।

पीडित युवती भन्छिन्, “मलाई मुद्दा फिर्ता गराउन फर्जी उजुरी दिएर हिरासतमा राखे । मुद्दा फिर्ता नलिए अरू मुद्दामा फसाउने धम्की दिएका छन् । प्रहरीलेसमेत मुद्दा फिर्ता लिन दबाब दिए । दीपेशको परिवारले समेत बारम्बार भनिरहेका छन् ।”

उच्च अदालतले दीपेशलाई प्रमाण नष्ट गर्न नसक्ने र पीडितलाई समेत असुरक्षा नहुने कारण खुलाएर धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, धरौटीमा छुटे लगतै उसले आफूलाई धम्की दिइरहेको र मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितको गुनासो छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register