निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारको निरन्तरको ओरालोपछि आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ को विन्दुमा पुगेको छ । आज ३१८ कम्पनीको १ लाख ३ हजार ४ सय ६२ पटकको कारोबारमा १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको छ । […]

Sep 12, 2024 - 10:51
 0
निरन्तरको ओरालोपछि सेयर बजारमा हरियाली

काठमाडौं । सेयर बजारको निरन्तरको ओरालोपछि आज हरियाली छाएको छ । आज नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २६८८ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

आज ३१८ कम्पनीको १ लाख ३ हजार ४ सय ६२ पटकको कारोबारमा १ करोड ९४ लाख ३३ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६ सय १२ रुपैयाँ रहेको छ ।

त्यस्तै, २२९ कम्पनीको मूल्य बढ्दा १२ वटाको घटेको छ भने ३ वटा स्थिर रहेको छ । म्युचुअल फण्डमा झिनो राताम्मे देखिए पनि अन्य १२ उपसमूहरुमा हरियाली छाएको छ । चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register