कोशी सरकारमा कांग्रेस सहभागी, यस्तो बन्यो ‘टिम हिक्मत’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका हुन् । कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधारमन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् । कांग्रेसले गत साउन १२ मा नै सरकारमा सहभागी […]

Sep 13, 2024 - 06:16
 0
कोशी सरकारमा कांग्रेस सहभागी, यस्तो बन्यो ‘टिम हिक्मत’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले शुक्रबार बिहान मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधारमन्त्री, खगेनसिंह हाङ्गाम उद्योग कृषि तथा सहकारीमन्त्री, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरणमन्त्री र भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

कांग्रेसले गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको थियो तर, आन्तरिक समस्याका कारण सरकारमा सहभागी हुन सकेको थिएन । अन्तत: कांग्रेस भूपेन्द्र राईको नेतृत्वमा सरकारमा सहभागी भएको हो ।

यससँगै हिक्मत कार्की नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register