पुटिनको चेतावनी – युक्रेनलाई लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिए नेटोसँग युद्ध हुन्छ

काठमाडौं । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन् । पुटिनले भने, ‘’यदि युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ ।’’ पुटिनले सरकारी टेलिभिजनमा भने, ‘’युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र […]

Sep 13, 2024 - 09:16
 0
पुटिनको चेतावनी – युक्रेनलाई लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिए नेटोसँग युद्ध हुन्छ

काठमाडौं । युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका छन् ।

पुटिनले भने, ‘’यदि युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नेटो र रुसबीच युद्ध हुन सक्छ ।’’

पुटिनले सरकारी टेलिभिजनमा भने, ‘’युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुनेछ । यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ ।  यदि यस्तो भयो भने, हामीले हामीलाई निम्त्याएको खतराका आधारमा निर्णय लिनुपर्नेछ ।”

अर्कोतर्फ बेलायती प्रधानमन्त्री कियर स्टारमरले यो युद्ध रुसले सुरु गरेको र यसलाई तत्काल रोक्न सक्ने बताएका छन् ।

यसैबीच रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले छ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register