उद्यमी बन्दै शिवसताक्षीका महिला, उत्पादन बिक्री शुरु

शिवसताक्षी, २८ भदौ । झापा शिवसताक्षी नगरपालिका वडा ६ नं. महिलाहरुले उत्पादन गरेको सामाग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ । वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामाग्री विक्री वितरणका लागि खुल्ला गरिएको हो । समूहले आज सामाग्री बेच विखनका लागि पसल उद्घाटन गर्दै सर्व सुलभ मूल्यमा आफुले [...] The post उद्यमी बन्दै शिवसताक्षीका महिला, उत्पादन बिक्री शुरु appeared first on Jhapa Online.

Sep 13, 2024 - 15:17
 0
उद्यमी बन्दै शिवसताक्षीका महिला, उत्पादन बिक्री शुरु

शिवसताक्षी, २८ भदौ । झापा शिवसताक्षी नगरपालिका वडा ६ नं. महिलाहरुले उत्पादन गरेको सामाग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ ।

वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामाग्री विक्री वितरणका लागि खुल्ला गरिएको हो । समूहले आज सामाग्री बेच विखनका लागि पसल उद्घाटन गर्दै सर्व सुलभ मूल्यमा आफुले उत्पादन गरेको सामाग्रीहरु विक्री वितरण जनाएको छ ।

पसलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाललगातले गर्नु भएको हो । उद्घाटनका क्रममा बोल्नु हुदै नगरप्रमुख थोप्राले महिलाहरुले आत्मनिर्भर भएर यसरी उद्योग सञ्चालन गरेकोमा उद्यमी महिला समूहलाई धन्यवाद दिनुभएको छ ।

नगरपालिका, वडा कार्यलायले गरेको लगानीले सार्थकता पाएको छ । यहाँका महिला दिदीबहिनीहरु उद्यमी बन्नु भएको छ । उहाँले भन्नुभयो, यो एउटा उदारणीय काम भएको हो ।नगर प्रमुखले स्थानीय उत्पादनलाई प्राथमिकताला शिवगञ्जका महिला उद्यमीले व्यावसायिक रूपमा सिलाएको टिसर्ट खरिद गर्नू भएको थियो । ।

कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष मनोज खुलाल कार्की सबै वडाबासीलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गर्नु भएको छ । हाल विक्री वितरणका लागि पेन्ट, टिसर्ट, जामा, भोटो, कुर्था सुरुवाल, ब्लाउज लगायतका वस्तु बिक्रीका लागि बजारमा खुल्ला गरिएको हो । महिलाहरुलाई उद्यमी बनाउन अघिल्लो आर्थिक वर्षमा विभिन्न सीप मुलक कार्यक्रम वडामा सञ्चालन गरिएको वडा सदस्य गोमा रिजालले बताउनु भयो ।

उहाँले घरेलु तथा साना उद्योग पनि आफ्नै पहलमा महिलाहरुलाई तालिमको व्यवस्था गरिदिएको जानकारी दियो । शिवसताक्षी नगरपालिकाले पनि विभिन्न समयमा महिला लक्षित कार्यक्रमहरु वडा नं. ६ मा सञ्चालन गर्दै आएको छ । उहाँले आर्थिक वर्ष २०८०÷८१ मा वडाले उद्यमी महिलाहरुलाई वडाले प्रविधि हस्तान्तरण गरेको बताउनु भयो ।

हाल पसल सञ्चालनका लागि शिवगञ्ज महिला उद्यमी समूहले लागनी गरेको छ । कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, कार्यपालिका सदस्य यसोदा विमली लगायतको उपस्थिति रहेको थियो ।

The post उद्यमी बन्दै शिवसताक्षीका महिला, उत्पादन बिक्री शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register