पर्यटकीय स्थल दोमुखाको रुप फेरिँदै : सडक र गेट निर्माण

सरोज भट्टराईशिवसताक्षी, २६ भदौ । झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग लगाउन सुरु गरिएको हो । नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखाका जाने माइधरमा [...] The post पर्यटकीय स्थल दोमुखाको रुप फेरिँदै : सडक र गेट निर्माण appeared first on Jhapa Online.

Sep 11, 2024 - 14:40
 0
पर्यटकीय स्थल दोमुखाको रुप फेरिँदै : सडक र गेट निर्माण

सरोज भट्टराई
शिवसताक्षी, २६ भदौ ।
झापाको पर्यटकीय स्थल दोमुखमा शिवसताक्षी नगरपालिकाले इन्टरलक ब्लक लगाउन सुरु गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० पर्ने पर्यटकीय क्षेत्र दोमुखा पिकनिक स्पोर्ट तथा स्वीमिङ पुल जाने सडकमा पार्केटिङ्ग लगाउन सुरु गरिएको हो ।

नगरले आन्तरिक तथा बाहिय पर्यटकका लागि सडक विस्तारलाई तिब्रता दिएको छ । दोमुखाका जाने माइधरमा नयाँ गेट समेत निर्माणको चरणमा रहेकोे नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए । उनले दोमुखाको मुख्य क्षेत्रमा ढुंगा इटा प्रयोग गरेर भौतिक संरचना बनाउन नहुने बताए । दोमुखालाई प्राकृतिकरुपमा सुन्दर बनाउन लागि परेका छौं । उनले भने, सडक बत्ती, दोमुखा क्षेत्र भित्र झिलमिली बत्ती जडान गरी बेलुका पनि पर्यटकहरु आउनलाई आकर्षित बनाई सन्ध्या कालिन कार्यक्रमहरुको समेत आयोजना गरिने योजना रहेको छ ।

हाल पार्केटिङ्ग लगाइएको क्षेत्रमा पिकनिङ स्र्पोट, स्वीमिङ्ग पुल, चिल्ड्रेन पार्क र पर्यटकहरुलाई बस्नको लागि सुविधा सम्पन्न होटलहरु रहेका छन् ।

दोमुखामा रहेको ट्रस्ट ब्रिजदेखि दक्षिण स्वीमिङ्ग पुलसम्म जाने ७३० सय मिटर सडकमा टायल्स लगाउन सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पार्केटिङ्ग टायल्स र माइधारमा निर्माणधिन गेट एउटै ठेक्कामा लगाइको इन्जिनियर उत्तम बरालले जानकारी दिए । उनका अनुसार भ्याट र कन्सलटेन्सीसहित ८४ लाख ६१ हजार ५५० रकममा भिमेश्वर कन्स्ट्रसन प्रालिले काम गरिरहेको छ । निर्माणधिन सडक ६ मिटर चौडाई, ६० एमएमको ब्लक लगाइएको छ । माइधारमा निर्माण हुँदै गरेको दुईमुखे गेटमा ग्रिनट र चाइनिज इटा लगाएर बन्दै छ । जसमा तीन ओटा पिल्लर राखेर निर्माण गरिदिदै गरेको इन्जिनियर बरालको भनाई छ ।

सडकको शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की समेतले अनुगमन गरेकी छिन् । अनुगमनका क्रममा उपप्रमुख कार्कीले भनिन्, सताक्षीधाम पछि दोमुखामा नगरपालिकाले ठूलो लगानी गर्दैछ । दोमुखा नगरको गौरव पनि हो । यहाँ निर्माण गरिएका संरचनाहरु मापदण्ड अनुसार चुस्त र पारदर्शी ढंगबाट निमार्ण गर्नु नगरको कतव्र्य रहेकाले निर्माण सम्पन्न नहुन्जेल निरन्तर अनुगमन र निर्माण कम्पनीलाई खवरदारी गर्ने छौं । सडक र गेट निर्माण असोज मसन्त सम्ममा निर्माण सम्पन्न हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

The post पर्यटकीय स्थल दोमुखाको रुप फेरिँदै : सडक र गेट निर्माण appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register