‘किरात देश’ पुस्तक लोकार्पण

काठमाडौं । ‘किरात देश’ पुस्तक लोकार्पण भएको छ । पुस्तक शनिबार (आज) किरात राई यायोक्खाको केन्द्रीय कार्यालयको सुम्निमा कक्ष कोटेश्वरमामा लोकार्पण भएको हो । पुस्तक लेखकत्रय गोपाल किराती, विक्रम सुब्बा र भोगीराज चाम्लिङसहित कार्यक्रमकी प्रमुख वक्ता शान्ति राईले लोकार्पण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख वक्ता अधिवक्ता शान्ति राईले पुस्तकको प्रशंसा गर्दै लेखक तथा प्रकाशकलाई […]

Sep 14, 2024 - 16:24
 0
‘किरात देश’ पुस्तक लोकार्पण

काठमाडौं । ‘किरात देश’ पुस्तक लोकार्पण भएको छ । पुस्तक शनिबार (आज) किरात राई यायोक्खाको केन्द्रीय कार्यालयको सुम्निमा कक्ष कोटेश्वरमामा लोकार्पण भएको हो ।

पुस्तक लेखकत्रय गोपाल किराती, विक्रम सुब्बा र भोगीराज चाम्लिङसहित कार्यक्रमकी प्रमुख वक्ता शान्ति राईले लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख वक्ता अधिवक्ता शान्ति राईले पुस्तकको प्रशंसा गर्दै लेखक तथा प्रकाशकलाई धन्यवाद दिइन् ।

इतिहासकालदेखि नै किरातहरूमा लेख्ने बानी नभएको उल्लेख गर्दै उनले भनिन्, “नेपालमा ३२ पुस्ता किरातीहरूले ८ सय वर्ष शासन सञ्चालन गरे भनिन्छ । तर, इतिहास खै त ? त्यतिका वर्षको इतिहास खै ? १० पुस्ते राणाहरूको हेर्नुस् त, उनीहरूको इतिहास विश्वविद्यालयहरूमा पढाइ हुन्छ ।”

पूर्वमन्त्रीसमेत रहेका पुस्तकका लेखक गोपाल किरातीले पुस्तक आन्दोलनकै एउटा पाटो भएको बताए । “आन्दोलन दह्रो बनाउनका लागि जग नै बलियो हुनुपर्छ । हामी त्यसकै अभियानमा छौँ । अब हामीले देशको जिम्मा लिनुपर्छ,” किरातीले भने ।

यस्तै अध्येता तथा पुस्तकका लेखक भोगीराज चाम्लिङले तथ्यमा टेकेर मात्रै सही ठाउँमा पुगिने बताए । “हामीले विषयवस्तुहरू हेर्दा ठीक तथ्यमा टेकेर हेर्नुपर्छ । त्यसपछि मात्रै पुग्नुपर्ने ठाउँमा पुगिन्छ । हाम्रो आन्दोलनमा पनि त्यही हो,” चाम्लिङले भने ।

यस्तै साहित्यकार एवम् पुस्तकका लेखक विक्रम सुब्बाले गोपाल किराती र भोगीराज चाम्लिङको भनाइमा समर्थन जनाउँदै आन्दोलनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

किरात गणराज्य मोर्चा, यलाखोम समितिद्वारा प्रकाशित उक्त पुस्तक वैचारिक तथा सांस्कृतिक दस्ताबेज भएको प्रकाशकको भनाइ छ । यलाखोम समितिका संयोजक रोशन रोदुङले भने, “पुस्तक एकदम राम्रो छ । यो सांस्कृतिक तथा वैचारिक दस्ताबेज हो ।”

१४० पृष्ठको पुस्तकमा गोपाल किरातीले ‘किरात गणराज्य सरकार : आन्दोलन र इतिहास’, भोगीराज चाम्लिङले ‘यलुङ (यलम्बर) र किरात शासन’ र विक्रम सुब्बाले ‘सुम्निमा पारूहाङ : मुन्धुम काव्य’ शीर्षकमा लेख लेखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register