नेपाल अभ्यास खेलमा विजयी

झापा, २९ भदौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ । जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित [...] The post नेपाल अभ्यास खेलमा विजयी appeared first on Jhapa Online.

Sep 14, 2024 - 08:53
 0
नेपाल अभ्यास खेलमा विजयी

झापा, २९ भदौं । नेपालले अभ्यास खेलमा क्यानडाको एचपी जागर्सलाई ६६ रनले हराएको छ ।

जितको लागि २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । उसका लगि अजयविर सिंहले ७५ बलमा ७ चौका र १ छक्कासहित ५५, नदिम मजिर २९ र अनुप चिमाले १९ रन बनाए । नेपालका स्पिनर ललित नारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एकएक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गर्दै नेपाल ४७.५ ओभरमा २४७ रनमा अल आउट भएको थियो । ओपनर कुशल भुर्तेल ६० बलमा ६ चौकासहित ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३, आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भए ।

त्यस्तै अनिल शाह ३७ बलमा ४ चौका र २ छक्कासहित ४७, गुलशन झ १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । जागर्सका जसकरण बटर, इफरान शादत र शाहिल पटेलले २।२ विकेट लिए ।

The post नेपाल अभ्यास खेलमा विजयी appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register