बानेश्वरस्थित आईएनआईको हलमा आज ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने

काठमाडौं, २९ भदौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार (आज) ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो । यसका लागि (आज)शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा [...] The post बानेश्वरस्थित आईएनआईको हलमा आज ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने appeared first on Jhapa Online.

Sep 14, 2024 - 09:17
 0
बानेश्वरस्थित आईएनआईको हलमा आज ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने

काठमाडौं, २९ भदौं । मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले नयाँ बानेश्वरस्थित हलमा शनिबार (आज) ‘छक्कापञ्जा ४’ को निःशुल्क प्रदर्शन गर्ने भएको छ । एनबी सेन्टरमा हल खुलेको पहिलो वार्षिकोत्सवको अवसरमा यो सुविधा ल्याएको हो ।

यसका लागि (आज)शनिबारका ३ शोमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने जनाइएको छ । यो हलमा अभिनेता दीपकराज गिरी र अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको पनि स्वामित्व छ ।

अभिनेता गिरीले सामाजिक संजालबाट समेत यसबारे जानकारी दिएका छन् । बिहान ११ बजे, दिउँसो २ः३० बजे र बेलुकीको ५ः३० बजेका शो निःशुल्क हुने दीपकले जनाएका छन् । आइएनआईका निर्देशक सुरेन्द्र थापाले पनि वार्षिकोत्सवको अवसरमा दर्शकले निःशुल्क फिल्म हेर्न पाउने बताए । शुक्रबारदेखि आइतबारसम्म अन्य फिल्म हेर्दा दर्शकले निःशुल्क पपकर्न पाउनेछन् भने लक्की ड्रमा समावेश भएर ५० जना दर्शकले आकर्षक पुरस्कार जित्न सक्ने जनाइएको छ ।

छक्कापञ्जा ४’ गतवर्षको हिट फिल्म हो । दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरेको यसमा शीर्ष भूमिका छ । आउँदो दशैंको फूलपातिमा ‘छक्कापञ्जा’को पाँचौ श्रृंखला रिलिज हुँदैछ ।

The post बानेश्वरस्थित आईएनआईको हलमा आज ‘छक्कापञ्जा ४’ निःशुल्क देखाइने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register