रोजगार मेला सम्पन्न, युवा विद्यार्थीको सीप तथा क्षमता विकास गर्ने उद्देश्य

काठमाडौं । रोजगार मेला सम्पन्न भएको छ । काठमाडौँको मैतीदेवीस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामिक्स प्रा.लि.को संयुक्त आयोजनामा आयोजित ‘फीनिक्स करिअर कनेक्शन २०८१’ र ‘युनिभर्सल करिअर लिंक २०८१’ नामक रोजगार मेला शुक्रबार सम्पन्न भएको हो । रोजगार मेलाको मुख्य उद्देश्य युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता […]

Sep 15, 2024 - 08:00
 0
रोजगार मेला सम्पन्न, युवा विद्यार्थीको सीप तथा क्षमता विकास गर्ने उद्देश्य

काठमाडौं । रोजगार मेला सम्पन्न भएको छ । काठमाडौँको मैतीदेवीस्थित फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामिक्स प्रा.लि.को संयुक्त आयोजनामा आयोजित ‘फीनिक्स करिअर कनेक्शन २०८१’ र ‘युनिभर्सल करिअर लिंक २०८१’ नामक रोजगार मेला शुक्रबार सम्पन्न भएको हो ।

रोजगार मेलाको मुख्य उद्देश्य युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने थियो ।

कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजना गरिएको थियो । जसमा बायोडाटा लेखन, अन्तरवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परिदृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको रोजगार मेलाका संयोजक राजु टण्डनले जानकारी दिए ।

मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए । यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई-कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतिनिधित्व गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए ।

कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने लगभग ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियो ।

रोजगार मेला आयोजनाले उद्योग र शैक्षिक संस्थाबीचको समन्वयलाई सुदृढ पार्ने एक महत्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको आयोजक पक्षको भनाई छ । मेलाले विद्यार्थीहरूलाई करियर, इन्टर्नशिप, र रोजगारीका अवसरहरू प्राप्त गर्न उत्कृष्ट अवसर प्रदान गरेको तथा यो कलेज र जब्स डाइनामिक्स द्वारा गरिएको एक महत्वपूर्ण पहल भएको रोजगार मेलाका संयोजक राजु टण्डनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register