विधायन समिति सभापतिमा तुलसा-जयन्तीबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुने भएको छ । सोमबार (भोलि) दिउँसो १ बजे हुने निर्वाचनमा एमालेकी तुलसाकुमारी दाहाल र एकीकृत समाजवादीकी जयन्ती देवी राईबीच प्रतिस्पर्धा हुने भएको छ । दाहालको प्रस्तावक नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थक एमालेकी भगवती न्यौपाने छन् भने राईको […]

Sep 15, 2024 - 12:12
 0
विधायन समिति सभापतिमा तुलसा-जयन्तीबीच प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुने भएको छ ।

सोमबार (भोलि) दिउँसो १ बजे हुने निर्वाचनमा एमालेकी तुलसाकुमारी दाहाल र एकीकृत समाजवादीकी जयन्ती देवी राईबीच प्रतिस्पर्धा हुने भएको छ ।

दाहालको प्रस्तावक नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना र समर्थक एमालेकी भगवती न्यौपाने छन् भने राईको प्रस्तावक एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थक माओवादी केन्द्रका सुरेश कुमार आलेमगर रहेका छन् ।

राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । उनले एकीकृत समाजवादीका मदन कुमारी शाह (गरिमा) को प्रस्ताव तथा माओवादी केन्द्रका नरबहादुर विष्टको समर्थनमा उम्मेदवारी दिएका हुन् ।

राष्ट्रिय सभाका दुई समितिको सभापतिको निर्वाचन कार्यतालिका यस अघि नै सार्वजनिक भइसकेको छ । राष्ट्रियसभा संसद् सचिवालयका अनुसार दुबै समितिको सभापतिका लागि भोलि दिउँसो १ बजे निर्वाचन गर्ने कार्य तालिका छ ।

कार्यतालिका अनुसार आइतबार बिहान साढे १० बजेदेखि साढे १२ बजेसम्म प्रस्ताव दर्ता गर्ने, आइतबार दिउँसो १ बजे प्रस्ताव सूची सार्वजनिक गर्ने र सोमबार दिउँसो १ बजे सम्बन्धित समितिको बैठक कक्षमा प्रस्तावलाई निर्णयार्थ प्रस्ताव गर्ने कार्यतालिका रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register