काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको ८ महिनामै सरुवा, आए सरोज गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको छोटो समयमै सरुवा भएको छ । नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई जागिर खुवाएको आरोपमा काठमाडौंका मेयर बालेन्द्र शाहले आन्तरिक अनुसन्धान गर्दै अघिल्ला प्रमुख प्रशासकीय अधिकृत विदामा राखेपछि परियारलाई ल्याइएको थियो । उनलाई मेयर बालेनकै आग्रहमा ल्याइएको चर्चा चलेको थियो । अहिले परियारको सरुवा सञ्चार तथा […]

Sep 15, 2024 - 14:04
 0
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको ८ महिनामै सरुवा, आए सरोज गुरागाईं

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको छोटो समयमै सरुवा भएको छ ।

नगर कार्यपालिकाको निर्णय हेरफेर गरी ‘आफन्त’लाई जागिर खुवाएको आरोपमा काठमाडौंका मेयर बालेन्द्र शाहले आन्तरिक अनुसन्धान गर्दै अघिल्ला प्रमुख प्रशासकीय अधिकृत विदामा राखेपछि परियारलाई ल्याइएको थियो ।

उनलाई मेयर बालेनकै आग्रहमा ल्याइएको चर्चा चलेको थियो । अहिले परियारको सरुवा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत भएको छ भने उनको ठाउँमा सरोज गुरागाईँ आएका छन् ।

गुरागाईँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत छन् । गत वर्ष माघ ५ गते परियार काठमाडौं महानगरपालिकामा आएका थिए ।

यस्तै, प्रथम श्रेणी अन्य कर्मचारीहरूको पनि सरुवा भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register